Facebook Twitter Google+ Google+
DHO

चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन

chili-brazil-footballAdvertise Here

दक्षिण अमेरिकी च्याम्पियन चिली आउँदो वर्ष रुसमा हुने विश्वकप फुटबलका लागि छनौट हुन सकेन । दक्षिण अमेरिकी क्षेत्रको छनौट अन्तर्गत बुधबार बिहान भएको खेलमा ब्राजिलसँग ३–० ले पराजित भएसँगै कोपा अमेरिका विजेता चिलीको विश्वकप सपना टुटेको हो ।

चिलीलाई कम्तिमा प्ले–अफमा स्थान बनाउनका लागि एक गोल अन्तरको हार चाहिन्थ्यो । तर यसअघि नै विश्वकपमा स्थान बनाएको ब्राजिलसँग चिली निरिह बन्यो र तीन गोल अन्तरले पराजित भयो ।

पहिलो हाफमा गोल रहित बराबरी भएको खेलमा ५५ औं मिनेटमा पाउलिन्होले ब्राजिलका लागि गोल गरे । त्यसको दुई मिनेटपछि गाब्रियल जिससले गोल गर्दै ब्राजिलको अग्रता दोब्बर पारे । इन्जुरी समयमा जिससले व्यक्तिगत दोस्रो गोल गरेपछि स्टार खेलाडी नेइमारसहितको टिम ब्राजिल ३–० ले विजयी भयो ।

चिलीका एलेक्स सान्चेज, अटुसो भिडालसहितका खेलाडीले गोल गर्ने प्रयास गरेका थिए । तर सफल भने हुन सकेनन् । यो हारले चिलीलाई गोल अन्तरमा पछि पर्दै विश्वकपमा स्थान बनाउन असफल बनायो ।

कोलम्बियासँग १–१ को बराबरी खेलेको पेरु गोल अन्तरमा अघि रहँदै पाँचौं स्थानमा रहेर प्ले–अफमा स्थान बनाउन सफल भयो । पेरु र चिलीको समान २६ अंक भएपनि गोल अन्तरमा पेरु अघि रह्यो ।

पेरुले विश्वकप छनौटका १८ खेलमा २७ गोल गर्‍यो भने २६ गोल खायो । तर चिलीले २६ गोल गर्‍यो र २७ गोल खायो । यो नै उसका लागि घातक बन्यो । आउँदो वर्षको रुस विश्वकपमा सान्चेज र भिडालसहितका खेलाडीको प्रदर्शन हेर्न नपाइने भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने