गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी

मा प्रकाशित


काठमाडौँ ।

गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन्।

काठमाडौँमा जारी आठौँ सम्मेलनमा भट्ट आफ्नी प्रतिद्वन्दी जमुना घले गुरुङलाई भारी मतअन्तरले हराउँदै विजयी भएका छन्। भट्टले एक हजार १९७ मत प्राप्त गरे भने गुरुङले भने ५८४ मत प्राप्त गरेको एनआरएनए निर्वाचन समितिले जनाएको छ। निर्वाचनमा एक हजार ८५४ मतदाता सहभागी थिए।

खुला दुई उपाध्यक्ष पदमा कुमारप्रसाद पन्त र कुल आचार्य तथा महिला उपाध्यक्षमा सपिला राजभण्डारी, महासचिवमा डा बद्री केसी, सचिवद्वयमा डबरबहादुर (डिबी) क्षेत्री र जानकी गुरुङ, कोषध्यक्षमा हिक्मतबहादुर थापा र सह–कोषाध्यक्षमा सोमनाथ सापकोटा विजयी भएका छन्।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!