खर काट्ने काममा महिलाहरु व्यस्त

मा प्रकाशित


बैतडी ।

सुदूरपश्चिमका पहाडी जिल्लाहरुमा हिजो-आज खर काट्ने काममा महिलाहरु व्यस्त भएका छन् ।

खर फागलामा भएको खर काटेर सुकाएपछि हिउँदमा वस्तुभाउलाई खुवाउनका लागि खर काटेर राख्ने गरिन्छ । हरियो घास काटेर सुकाएपछि खर बनाएर राख्ने गरेको महिलाहरुले बताएका छन् । अहिले बैतडीका धेरैजसो स्थानमा खर काट्ने चटारो रहेको महिलाहरुले बताएका छन् ।

यो सिजन खर काटेर राखेमा हिउँदमा वस्तुभाउलाई खुवाउन सजिलो हुने गर्दछ । हिउँदमा स्याउला तथा घास नहुने भएकाले खर तथा पराल नै वस्तुभाउको आहाराको रुपमा रहन्छ । वस्तुभाउलाई हिउँदमा खुवाउनका लागि खर जमा गर्नुपर्ने महिलाहरुले बताएका छन् ।

कतिपय भीरमा समेत महिलाहरुले खर काट्ने भएकाले उनीहरुको ज्यानको बाजी राखेर समेत खर काटीरहेका हुन्छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!