Facebook Twitter Google+ Google+
DHO

को हुन लीलाधर भट्ट ?

liladhar-bhattAdvertise Here

नामः लीलाधर भट्ट
जन्मः २०३४ भदौ १५ गते । साविकको श्रीकेदार गाविस वार्ड नं ३ खम्तोला ।
बुवा: भुरे भट्ट
आमा: लक्ष्मी भट्ट
शिक्षाः वीएड, एमए समाजशास्त्र र राजनीति शास्त्र
भ्रमणः भारत, थाईलैण्ड, लावश, कम्बोडिया, भियतनाम

बैतडी क्षेत्र नं २ बाट प्रदेशसभाका लागि बामगठबन्धनका संयुक्त उम्मेदवार बनेका लीलाधर भट्टले प्रारम्भिक शिक्षा भुमिराज प्रावि खम्तोलाबाट सुरु गरेका थिए र श्री केदार माध्यमिक बिद्यालय पिपलकोटमा कक्षा ८ सम्म आध्ययन गरे ।

२०४८ सालको प्रथम आम निर्वाचनको बेला तत्कालिन क्षेत्र न ३ नेकपा एमालेका सासंदका उम्मेदवार धनबहादुर बोहरासंग गाउमा भेटघाट हुँदा कम्युनिष्ठ पार्टीले गरीबहरुको हितमा काम गर्छ, यसले धनी गरिब नभनी सबैलाइ समान व्यवहार गर्दछ, भन्ने कुराबाट प्रभावित भएर पार्टीको साधारण सदस्यता लिएका थिए ।

आर्थिक अवस्था कमजोर भएका कारणले साथीहरुको लहलहैमा लागेर कक्षा ९ को अर्धवार्षिक परीक्षा दिएर भारतको दिल्लीमा काम गर्न हिडेका भट्ट त्यहाँ ठेला पसलमा काम गर्न थाले । त्यस पसलमा ३ महिनासम्म २५० रुपैयामा काम गर्दैगर्दा ठेला ब्यापारिको ससुराले गोर्खालीहरु खाते हुन यिनीहरुलाइ मानवको व्यवहार होइन कुटनु पर्छ जस्ता शब्द सुने पछि दिल्ली छोडि घर पुगेका थिए ।

त्यसबेला भारतको पिथौरागढमा बस्ने दिदी र भिनाजु दामोदर कपाडी र पार्वती कपाडीले आफुसंगै बसालेर पढाउने भनेपछि पिथौरागडको मिशन ईन्टर कलेजमा कक्षा ९ मा अध्ययन सुरु गरे । कक्षा ६ मा नै पढ्दा शिक्षकले राम्रो पठाउदैन भनी स्कुल तालाबन्दी गर्ने भट्ट गाउँमा होली खेल्दा साना केटाकेटीलाइ ठुलाले च्याप्छन् भन्दै ६ कक्षामा पढ्दा नै गाउँमा अर्काे होलि समेत बनाउने गर्थे ।

यसरी पिथौरागमा पढदै गर्दा त्यहाँ नेपालीहरुको अवस्था, संख्याको बारेमा बैतडीबाट काम गर्न गएका साथीहरुबाट थाहा पाईरहन्थे । त्यसैबिच २०४९ साल चैत्र १४ गते बैतडी कुवाकोट चनाली निवासी राम बहादुर कुँवरले न्वादेउ निवासी रतन धामीलाइ पिथौरागडका ठुला साहु पुनेठा परिवारबाट कुटपिट गर्न लगाई घाइते बनाएको खबर सुनाए ।

यसको बिरोध गर्नुपर्छ भन्दै करीब हजार जना नेपालीहरुको जुलुसको नेतृत्व गर्दै प्रहरी थाना घेराउ गर्न पुगेका थिए । त्यस घटनापछि नेपालीहरुलाई मजदुर संगठनको आवश्यकता महशुस गरि संगठन विस्तार गरे, जो केही दिनमै नेकपा एमालेको भारतमा रहेको जनसंगठनमा प्रवासी नेपाली संघ भारतको पिथौरागड कमिटि गठन भयो ।

त्यस कमिटिको पहिलो सचिव बनेका लीलाधर भट्ट त्यो बेला जम्मा १५ बर्षका थिए । उनकै नेतृत्वमा पिथौरागड, लोहाघाट, झुलाघाट, कनालिछिना, बलुवाकोट, रानिखेत, बागेश्वर, चम्पावतमा संगठनको विस्तार भएको थियो ।

कलिलो उमेरमा प्रबासी नेपाली संघमा चर्चित भएका भट्टले २०५० सालमा उत्तर प्रदेश समन्वय कमिटिबाट पार्टीको संगठित सदस्यता लिएका थिए । त्यसैबिच पार्टीको पिथौरागढमा नगर कमिटि सदस्य हुँदै ३ बर्ष मजदुर संगठन निर्माण पछि मात्र उनले बिद्यार्थी संगठन अभानेस्वबियुमा जिम्मेवारी दिईएको थियो । उनी संगठनमा सक्रिय र जहिले पनि बिद्यार्थी युवाको बिच लोकप्रिय रहे । २०५४ सालमै प्रवासमा पार्टी जिल्ला कमिटि सदस्य भएका थिए । यसैबिच भारतको पिथौरागढमा बसेर कालापानीमा भारतीय हस्तक्षेपका बिरुद्ध आन्दोलन गर्दा प्रहरीले उनलाई हिरासता समेत लिएको थियो ।

२०५४ मंसिर २ गते कालापानीको यथार्ता र नेपालको राष्ट्रिय हित बिषयक अन्तरक्रिया गर्ने दिपक भट्ट, लक्ष्मण जोशी र लिलाधर थिए । त्यसपछि उनी कंन्चनपुरको कुतियाकभर देखि कालापानी मार्चपासका सदस्य समेत बने । २०५५ देखि २०५८ सम्म पार्टी बिभाजनको पीडा समेत भोगेका भट्ट जिल्ला कमिटि सचिवालय सदस्य बन्न पुगे ।

पार्टी एकीकरण पछि भुमिकाबिहिन भएर ३ बर्ष जिबिस बैतडीमा NUDP प्रोजेक्टमा काम गरेपछि अधिकृत स्तरको जागिर छोडि जनान्दोलन २०६३ मा नागरिक समाज सक्रिय हुँदा उनी पनि राजनीतिमा सक्रिय भए । यसैबिचमा उनले भारतको कुमाउ बिश्वबिद्यालयबाट समाजशास्त्र र राजितितिशासत्रमा एमए गरे र शारदा बिद्यापिठ महेन्द्रनगरबाट बीएड समेत गरे ।

उनी बैतडीमा जनआर्दश साप्ताहिक पत्रिकाका प्रकाशक, सम्पादक रही ३ बर्ष पत्रिका पनि संचालन गरे । गणतन्त्र नेपाल स्थापना भएपछि बैतडी खेलकुद विकास समितिको अध्यक्ष भएको समयमा मेलैली, कुलाउ रौलेश्वरमा जिल्ला स्तरीय प्रतियोगिता र उच्च मा वि स्तरीय प्रतियोगिताको सुरुवात गरेका थिए ।

त्यसैगरि युवा संघ नेपालको अन्चल सचिव र पार्टीको जिल्ला कमिटि सदस्य भएका भट्ट २०६६ सालको युवा संघको सातौ अधिवेशनबाट केन्द्रिय सचिवालय सदस्य, सुदुर पश्चिम इन्चार्ज र केन्द्रिय संगठन बिभागमा समेत जिम्मेवारी सम्हाल्दा देशको ६० जिल्ला पुगीसकेका भट्टले भारत, थाईलैण्ड, लावश, कम्बोडिया, भियतनामको भ्रमण गरि सकेका छन् ।

युवा सगठन भित्र समेत बौद्धिक संगठनकर्ता स्पष्ट वक्ताका रुपमा परिचित भट्ट पार्टी केन्द्रिय नेतृत्वले समेत विश्वास पात्र र युवा नेताको रुपमा चिन्दथे । २०६९ सालको युवा संघको आठौ केन्द्रिय अधिवेशन बुटवलबाट झिनो अन्तरले सचिवमा पराजित भएपछि पार्टी नेतृत्वको निर्देशनमा बैतडीमा पार्टीको काममा खटिएका भट्ट एमाले जिल्ला कमिटिको २०६९ चैत्रमा सम्पन्न सातौं जिल्ला अधिवेशनबाट सचिव निर्वाचित भए र हाल सम्म सोहि पदमा छन् ।

जिल्लाका विभिन्न सामाजिक र मानव अधिकारवादी संस्थाहरुमा आबद्ध रहे र उनको आफ्नै पहलमा संचालित स्वदेश संस्था आज बैतडी जिल्ला भरि काम गरि रहेको छ र झण्डै ९२ जना अल्पकालिन र फुल टाइम कर्मचारिलाई रोजगार प्रदान गरेको छ । बैतडीमै पहिलो अपसेट प्रेस सन्चालनमा ल्याइ पत्रकारिता र व्यवसाहिक क्षेत्रमा समेत उनको पकड रहेको छ ।

बैतडी जिल्लाका सबै क्षेत्र, गाउँ र वडाहरु घुमी सकेका भट्टले  जिल्ला भरिका शैक्षिक संस्था, स्वास्थ संस्थाहरुको जानकारी र जिल्लामा संन्चालित गैससरकारी संस्था, कार्यक्षेत्रको जानकारी लिईसकेका छन् । उनी राजनितिक मात्र नभइ सामाजिक क्षेत्रका चर्चित अनुहार पनि हुन् । एक छोरा र एक छोरिका बुवा भट्ट धर्मपत्नी बिजयालक्ष्मी भट्ट बैतडीमा १९ बर्षदेखि प्रोजेक्टहरुको नेतृत्व गरिरहेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी