Facebook Twitter Google+ Google+
DHO

किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर

ramsh ojhaAdvertise Here

मिलनप्रकाश ढुङ्गाल,
बैतडी ।

किर्ते कागजात गरेर शिक्षक भर्ना गरेको आरोप लागेका पिपलकोट मावि, लोजनीका तत्कालिन प्रअ रमेश ओझालाई जिल्ला अदालत बैतडीले निर्दोष ठहर गरेको छ । शिक्षक भर्ना गर्दा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीको किर्ते दस्तखत लगायत अन्य कागजात मिलाएर शिक्षक भर्ना गरेको भन्दै अदालतमा मुद्दा परेको थियो । जिल्ला अदालत बैतडीले तत्कालिन प्रअ ओझाले शिक्षक भर्ना गर्दा सरकारी कागजात किर्ते नगरेको फैसाला गर्दै उनलाई निर्दोष ठहराएको छ ।

जिल्ला शिक्षा कार्यालयमा उनले पेस गरेका किर्ते भनिएका कागजात विधि विज्ञान प्रयोगशालामा परिक्षण गरि शिक्षक ओझाको पक्षमा फैसला गरिएको जिल्ला अदालत बैतडीले जनाएको छ । गत वर्ष विद्यालयमा शिक्षक भर्ना गर्दा विद्यालय व्यवस्थापन समितिसँग सल्लाह नगरी नक्कली कागजात कडा गरि शिक्षक भर्ना गरेको आरोप उनलाई लागेको थियो ।

पुर्व प्रअ ओझाले भने पुर्वाग्रही ढंगले मलाई हटाउन यस्तो गरिएको बताउँदै आएका थिए । उनले विद्यालय व्यवस्थापन समिति र सोही विद्यालयमा कार्यरत निजी स्रोतको शिक्षकलाई नै शिक्षा निमावली अनुसार भर्ना गरिएको थियो । अदालतले न्याय दिएर सत्यतथ्य छर्लंग भएको उनले बताए । ‘पुर्वाग्रही ढंगले मलाई फसाउन खोजिएको थियो, सम्मानित अदालतले न्यायदियो,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग
  • किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर
  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै