कांग्रेसका उम्मेदवारले मतपत्र खाएपछि…

मा प्रकाशित


जनकपुर ।

धनुषाको नगराईन नगरपालिकाको नगरसभा चुनावको मतगणना क्रममा कांग्रेसका उम्मेदवारले मतपत्र नै खाइदिएका छन् ।

आइतवार धनुषाको नगराईन नगरपालिकाको तीन वटा दलित तथा अल्पसंख्यक सदस्यको छनौटका लागि मतगणना भइरहेका बेला कांग्रेसका उम्मेदवार सूर्यनारायण साहले मतपत्र खाएका हुन् ।

मतपत्र खाने साहलाई धनुषा प्रहरीले पक्राउ गरेको प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिनुभयो । उपरीक्षक सिंहका अनुसार मतगणना सकिएर परिणम सार्वजनिक गरेको र टेवुलमा राखेको ४ वटा बदर मत मध्ये एउटा मत साहले खाएकाले उनलाई पक्राउ गरेको बताउनुभयो ।

एमालेका उम्मेदवारहरुले निर्वाचन अधिकृत दानीकान्त झाले धाँधली गरेको आरोप लगाएपछि विवाद उत्पन्न हुँदा कांग्रेस उम्मेदवार साहले एउटा मतपत्र मुखमा राखेर चपाउन थालेपछि उनको मुखबाट आधा चापाइएको मतपत्र निकालिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!