एन्टोजको आठ विभाग गठन, चैत्र मसान्तभित्र प्रदेश अधिवेशन हुने



दाङ ।

नेपाल पर्यटन पत्रकार संघ (एन्टोज) केन्द्रीय समितिको शनिबार पाण्डवेश्वर धाम धारापानी दाङमा बसेको केन्द्रीय समिति बैठकले विभाग गठन गरेको छ, बैठकले केन्द्रीय पदाधिकारीको संयोजनमा रहने गरि ८ विषयगत विभाग गठन गरेको हो ।

संघका बरिष्ठ उपाध्यक्ष बसन्तप्रताप सिंहको संयोजकत्वमा तालिम तथा प्रक्षिक्षण विभाग गठन गरेको छ तालिम तथा प्रशिक्षण विभाग सदस्यमा सचिव राधा नेपाली, सदस्य शिवराज ढुँगाना र दुइ जना विज्ञलाई मनोनय गरेको छ, त्यसैगरी सामाजिक समावेशी संचार विकास विभागको संयोजकमा महिला उपाध्यक्ष अमृता केसीको संयोजकत्वमा सदस्यहरु अस्मिता गिरी हरि भण्डारी र विक्रम सुनार रहेका छन्, त्यसैगरी प्रकाशन तथा प्रशारण विभागमा महासचिव केशरमान बीसीको संयोजकत्वमा सचिव दीपबहादुर घर्तीमगर र सदस्य निर्मला ठकुराठी रहेका छन् ।

त्यसैगरी कार्यक्रम परिचालन तथा निर्देशन विभागको संयोजकत्वमा उपमहासचिव मदनराज जोशी, सदस्यहरुमा सन्तोष बस्याल र रेखा मगर रहेका छन्, त्यसैगरी कानुन परामर्श तथा नीति निर्माण विभागको संयोजकमा बिष्णु शर्मा, कानुन व्यवसायी तथा विज्ञ रहने गरि सदस्यहरु तारानाथ(साहास) न्यौपाने र सपना वली रहेका छन्, त्यस्तै सम्बन्ध बिस्तार तथा समन्वय विभागको संयोजकमा सचिव ताराप्रसाद शर्मा सदस्यहरुमा इन्दिरा थारु कुवँर र टेक शाही रहेका छन्, त्यसैगरी आन्तरिक प्रशासन तथा जनशक्ति परिचालन तथा निर्देशक विभागको संयोजकमा महिला सचिव इन्द्रासरा खड्का सदस्यहरुमा रमेश रावल र देव यादव रआर्थिक विभागको संयोजकत्व कोषाध्यक्ष उदय बिसी, सदस्यहरुमा जनक विष्ट, रुवी शाइ र पदम विश्वकर्मा रहेको केन्द्रीय सचिव विष्णु शर्माले जानकारी दिए ।

संघको बैठकले माघमसान्त भित्र जिल्ला अधिवेशन र चैत्रमसान्तभित्र प्रदेश समितिको अधिवेशन सम्पन्न गर्ने भएको छ, बैठकले जिल्ला शाखा बिस्तारलाई तिव्रता दिदै प्रत्येक जिल्लाबाट अधिकतम सात जना नयाँ सदस्यता पौष मसान्तभित्र आह्रान गर्ने भएको छ ।

बैठकले निर्वाचन लगत्तै काठमाण्डौमा केन्द्रीय सचिवलाय संचालनको कार्यक्रम तय गरेको छ, यसैगरि संघको केन्द्रीय सल्लाहकारमा प्रेस स्वतन्त्रता सेनानी सुशील गौतम, पत्रकार महासंघका बरिष्ठ उपाध्यक्ष विपूल पोख्रेल, पत्रकार महासंघका सचिव उदय जिएम, यूवा व्यवसायी द्वय खड्क बुढाथोकी र महेन्द्र बुढाथोकीलाई चयन गरेको केन्द्रीय सचिव इन्द्रसरा खड्काले जानकारी दिए । साथै संघका केन्द्रीय अध्यक्ष धनिराम शर्मा(ऋतुविचार)को अध्यक्षतामा बसेको केन्द्रीय समिति बैठकले महाधिवेशन सम्पन्न गर्न सहयोग गर्ने सरकारी तथा निजी क्षेत्रका संघ संस्था र व्यक्तित्वहरुलाई हार्दिक धन्यवाद समेत व्यक्त गरेको केन्द्रीय महिला सचिव खड्काले बताए ।  इन्द्रेणी अनलाइन

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)