Facebook Twitter Google+ Google+
DHO

ऋणको बोझले छोराको हत्यापछि आत्महत्या
जोशीको सुसाइड नोट– ऋण लागेकाले यस्तो बाटो रोजेँ

Advertise Here

कैलाली ।

जिल्लाको गोदावरी नगरपालिका–२ का विश्वेरप्रसाद जोशीले आठ वर्षीय छोरा अरल जोशीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

घटनास्थलमा ‘बच्चा मैले मारेको छु, मैले पनि आत्महत्या गरेँ’ भनेर जोशीले लेखी छाडेको सुसाइड नोट फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक इन्द्रबहादुर मल्लले बताए ।

उक्त नोटमा आफूलाई धेरै ऋण लागेकाले यस्तो गर्नुपरेको समेत लेखिएको प्रहरी निरीक्षक मल्लले बताए ।

आफ्नै घरको कोठामा बुधबार राति छोराको हत्या गरेर घरकै बैठक कोठामा जोशीले झुण्डिएर आत्महत्या गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • छाउपडी गोठ भत्काउने अभियान शुरु
  • १२ वर्षीय बालक तीन दिनदेखि राजधानीबाटै बेपत्ता
  • पाटनमा माटोको ढिस्कोले पुरिएकी महिलाको उपचारका क्रममा मृत्यु
  • जुरेमुरे खानेपानी योजनाको वार्षिक साधारणसभा सम्पन्न
  • बैतडीमा ११४ वर्षीया वृद्धाद्वारा मतदान
  • धनगढीमा एक युवक पेस्तोलसहित पक्राउ
  • अनन्त पुनमाथि गोली प्रहारको प्रयास
  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने