उम्मेदवारलाई उच्च सुरक्षा दिन सरकारलाई आयोगको आग्रह

मा प्रकाशित


काठमाडौं ।

आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवारहरूको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन निर्वाचन आयोगले सरकारसँग आग्रह गरेको छ।

निर्वाचन आयोगको कार्यालयमा बिहीबार सुरक्षासम्बन्धी अन्तर्क्रिया कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले राष्ट्रिय तहको निर्वाचन भएकाले राष्ट्रिय तहको नेता र उम्मेदवारहरुको सुरक्षा व्यवस्थालाई उच्च प्राथमिकता दिन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रमुख आयुक्त डा. यादवले सरकारको निर्वाचन सुरक्षा योजनाप्रति आयोग सन्तुष्ट रहेको बताउँदै उम्मेदवारहरुको सुरक्षा व्यवस्था प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको सबैभन्दा महत्वपूर्ण पक्ष भएकोले सुरक्षामा अझ ध्यान दिनुपर्ने बताए ।

सरकारले ल्याएको निर्वाचनसम्बन्धी सुरक्षा योजना ज्यादै व्यवहारिक भएको बताउँदै उनले निर्वाचनमा सुरक्षा कसरी गर्ने भन्ने विषयमा छलफल गर्न आयोगको कार्यालय पुगेका सुरक्षा निकायका अधिकारीहरुले निर्वाचनसम्बन्धी केन्द्रीय योजना तयार पारिएको जानकारी गराएका थिए ।

आगामी मंसिर १० र २१ गते दुई चरणमा गरी प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: