Facebook Twitter Google+ Google+
DHO

अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु

Advertise Here

काठमाडौँ ।
अमेरिकाको लस भेगस शहरस्थित एउटा क्यासिनोमा अन्धाधुन्धा गोली हानाहान हुँदा मृत्यु हुनेको सङ्ख्या २० पुगेको र १ सयजनाभन्दा बढी घाइते भएकाे बीबीसीले जनाएको छ ।

प्रहरीले बन्दुकधारी एक जना स्थानीयवासी रहेको बताएपनि उसको नाम खुलाइएको छैन । उक्त आक्रमणकारीलाई प्रहरीले गोली हानेर मारिदिएका छन्। बन्दुकधारीसँगै रहेकी भनिएकी उसकी केटी साथीको प्रहरीले खोजी गरिरहेको छ।

अमेरिकी सुरक्षा अधिकारीले क्यासिनोमा गोली चलाउने आक्रमणकारीको जवाफी कारवाहीमा मृत्यु भएको बताएका छन् । घटनापछि लस भेगासको विमानस्थलबाट कयौं हवाई उडानको रुट परिवर्तन गरिएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमका अनुसार अाइतबार करीब १० बजे राती एउटा सांगीतिक कार्यक्रम भइरहँदा फायरिङ भएको थियो । बन्दुकधारीले म्यान्डले बे होटल तथा कसिनोको ३२औं तलाबाट गोली चलाएको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’