Facebook Twitter Google+ Google+
DHO

अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै

us dvAdvertise Here

काठमाडौँ ।
अमेरिकाले सन् २०१९ को डाइभर्सिटी भिसा (डि.भी.) कार्यक्रमको लागि आवेदन दर्ता भोलिदेखि खुल्ने भएको छ । अक्टोबर ३ तारिखदेखि नोभेम्बर ७ सम्म डिभी भर्न सकिने भएको छ । अक्टोबर ३ अर्थात् मंगलबार मध्याह्नदेखि डिभी भर्न सकिने भएको हो ।

अमेरिकी सरकारले जारी गरेको निर्देशिका अनुसार यसपाली अमेरिकामै बस्ने नेपालीले पनि नेपालमा बस्ने नेपालीले जसरी नै डिभि आवेदन फर्म भर्न सक्नेछन् । यसपटक भरिने डिभीको नतिजा आगामी २०१८ को मे १ तारिखबाट आउन सुरु गर्नेछ । हालसम्म करिब ५० हजार नेपालीलाई डिभी परिसकेको छ ।

अमेरिकी विदेश मन्त्रालयले यसपाली डिभि आवेदन भर्ने नियममा कुनै परिवर्तन नभएको तर अन्तिम समयतिर बढी चाप हुने भएकाले समयमै अनलाइन फर्म भर्न सूचित गरेको छ ।

डिभी कसरी भर्ने?
फर्म भर्ने अवधिमा www.dvlottery.state.gov मा गई ई-डिभीको आवेदन फारम भर्नु पर्नेछ । डिभीको लागि आवेदन दिँदा कुनै पनि शुल्क तिर्न नपर्ने दुतावासले जानकारी गराएको छ ।

डिभी भरिसकेपछि आवेदकले आफ्नो कम्फर्मेसन नम्बर सुरक्षित राख्नुपर्नेछ । कम्फर्मेसन नम्बरकै आधारमा डिभी चिट्ठाको फैसला हुने गर्छ । रिजल्ट थाहा पाउनको लागि मे १,२०१८ (२०७५ वैशाख १८) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्नो कन्फर्मेसन नम्बर राख्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’
  • उत्तर कोरियाले प्रहार गर्‍यो छोटो दूरीका तीन क्षेप्यास्त्र
  • लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)
  • भारतको ७० औं स्वतन्त्रता दिवस : मोदी भन्छन्- ‘सुरक्षा प्रमुख प्राथमिकता’
  • भारतका राष्ट्रपति रामनाथ कोविन्दले लिए सपथ
  • भारतका नयाँ राष्ट्रपतिमा रामनाथ कोविंद निर्वाचित