सीमांकन सच्याइने छः ओली

मा प्रकाशित


चितवन १८ भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारीमाथि निर्ममतापूर्वक कारबाही हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपाल चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भ्रष्टाचार राज्यशक्तिको दुरुपयोग यसकै संरक्षणमा भइरहेको आरोप लगाउनुभयो ।

नेपालको संसद्मा दुई दिनअघि भएको निर्णयको प्रधानमन्त्रीले भारतमा पुगेर खिल्ली उडाएको पनि उहाँले बताउनुभयो ।

सीमांकनका विषयमा असन्तुष्टि व्यक्त गर्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले ‘निहित स्वार्थका लागि सीमांकन गरिएकाले’ समय क्रममा त्यसलाई सच्याइने छ भन्नुभयो ।रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: