Facebook Twitter Google+ Google+
DHO

एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न सक्दैन : केपी ओली

Advertise Here

दमौली ।

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई पहिलो शक्ति हुनबाट कसैले रोक्न नसक्ने बताउनुभएको छ ।

एमाले तनहुँले भानु नगरपालिका–२ नारेश्वरटारमा आज आयोजना गरेको सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले प्रदेश र संघको चुनावपछि एमाले पहिले शक्ति हुने र उसकै नेतृत्वमा सरकार बन्ने जिकिर गर्नुभयो ।

पहिलो र दोस्रो चरणको स्थानीय तहको चुनावमा एमाले पहिलो शक्ति भइसकेको र २ नं प्रदेशको चुनावमा पनि एमाले नै अगाडि आउने उहाँको भनाइ छ । एमाले मधेस विरोधी होइन भन्दै उहाँले राष्ट्रियता जोगाउने भूमिकामा पार्टी अडिग रहेको बताउनुभयो ।

नाकाबन्दीका बेला आफू प्रधानमन्त्री रहेको र त्यतिबेला राष्ट्रवादी काम गरेकाले जनताको साथ पाएको बुझाइ उहाँको भनाइ छ । एमाले तनहुँका अध्यक्ष केदार सिग्देल, सचिव भगवती न्यौपानेलगायतले जनताको हितमा काम गरेकाले एमालेको पक्षमा जनलहर आएको जिकिर गर्नुभयो । रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • बैतडी काँग्रेसमा विवाद
  • कांग्रेस बैतडीको उप–सभापतिमा चन्द
  • सात नम्बर प्रदेशको मुख्यमन्त्रीका लागि माओवादीबाट त्रिलोचन भट्ट सिफारिस
  • वाम कार्यदल बैठकले टुङ्ग्यायो मुख्यमन्त्री र सभामुख बाँडफाँट
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • नेपाली कांग्रेसको प्रवक्तामा विश्वप्रकाश शर्मा
  • error: Content is protected !!