Facebook Twitter Google+ Google+
DHO

मुलुकको हित हुने गरी मात्रै पञ्चेश्वरको डिपिआर तयार गर्नुस् : प्रधानमन्त्री देउवा

Advertise Here

काठमाडौँ, १९ भदौ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले बहुप्रतीक्षित पञ्चेश्वर परियोजनाको प्रतिवेदन (डिपिआर) तयार गर्दा मुलुकलाई फाइदा हुने गरी मात्रै अघि बढ्न निर्देशन दिएका छन् । पञ्चेश्वर आयोजनाको विस्तृत आयोजना प्रतिवेदनलाई अन्तिम रूप दिन गठन गरिएको विज्ञहरुको समूह दोस्रो बैठकमा भाग लिन सोमबार दिल्ली जाँदैछ । दिल्ली जाने सोही टोलीलाई प्रधानमन्त्रीले यस्तो निर्देशन दिएका हुन् ।

आइतबार सरोकारवाला निकायलाई निर्देशन दिने क्रममा देउवाले भने, ‘पञ्चेश्वर परियाजना सुरु भएको २१ वर्ष भयो तर अझैसम्म कुनै उपलव्धि हुन सकेको छैन, अब नेपाललाई फाइदा हुनेगरी यो परियोजनाको डिपिआरमा सहमति गर्नुहोस् ।’

प्रधानमन्त्री देउवाको अघिल्लो हप्ता भएको भारत भ्रमणका क्रममा एक महिनाभित्र पञ्चेश्वरको डिपिआर तयार गर्ने सहमति भएको थियो । सोही अनुसार पञ्चेश्वर विकास प्राधिकरणको सञ्चालक समितिले गठन गरेको विज्ञहरूको दोस्रो बैठक भदौ २० र २१ गते दिल्लीमा बस्दैछ ।

नेपालतर्फबाट परियोजनामा कुल लागतको ३७ प्रतिशत र भारतले ६३ प्रतिशत लगानी गर्नुपर्ने नेपाल सरकारको अडान कायमै राख्न पनि प्रधानमन्त्रीले निर्देशन दिएका छन् । साथै प्रधानमन्त्री देउवाले भारतलाई तल्लो शारदाको लागि कर्णालीको पानी दिने भन्ने महाकाली सन्धिमा उल्लेख भएको बुँदा पनि हटाउन निर्देशन दिएका छन्।

आइतबार जारी बैठकमा उपप्रधान एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरा, अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, उर्जामन्त्री महेन्द्रबहादुर शाही, सिचाई मन्त्री संजय गौतम, मुख्यसचिव, परराष्ट्र, उर्जा तथा पञ्चेश्वर प्राधिकरणका पदाधिकारी र विज्ञ समूहका सदस्यहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?