भ्रष्टाचारीले चुनाव लड्न नपाउने गरी प्रतिनिधि सभा विधेयक पारित

मा प्रकाशित


काठमाडौँ, १९ भदौ ।
भ्रष्टाचारी ठहर भएर सजाय भोगेका व्यक्तिले चुनाव लड्न पाउने/नपाउने विवाद टुङ्गिएको छ । संसदको राज्य व्यवस्था समितिले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचन विधेयक पारित गरेसँगै यो विवाद टुङ्गिएको हो ।

संशोधनकर्ता सदस्यले सबै संशोधन फिर्ता लिएपछि विधेयक सर्वसम्मत पारित भएको हो। सरकारले प्रस्ताव गरेको ‘नो भोट’को व्यवस्था पनि फिर्ता भएको छ।

संशोधन फिर्ता भएसँगै विवादित रहेका नैतिक पतन देखिने फौजदारी कसुरका कसुरदारले चुनाव लड्न पाउने बाटो बन्द भएको छ।

सरकारले ल्याएको विधेयकमा भ्रष्टाचारी ठहर भएकालाई आजीवन चुनाव लड्न रोक लगाउने व्यवस्था प्रस्ताव गरिएको थियो। तर, कांग्रेसका १९ सांसदले भ्रष्टाचारको सजाय पाएको तीन वर्षपछि चुनाव लड्न पाउनुपर्ने भन्दै संशोधन हालेका थिए। कांग्रेस सांसदहरुको संशोधन फिर्ता भएसँगै राज्य व्यवस्था समितिले दुवै विधेयक पास गरेको हो।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: