Facebook Twitter Google+ Google+
DHO

बैतडीका शक्तिपीठमा भक्तजनको घुइँचो

Advertise Here

बैतडी ।

हिन्दूको ठूलो चाड दशैँका अवसरमा बैतडीका विभिन्न शक्तिपीठमा भक्तजनको घुइँचो लागेको छ । देहिमाडौँमा रहेको निङ्गलासैंनी भगवती मन्दिर, मेलौलीमा रहेको मेलौली भगवती मन्दिर, पाटनमा रहेको उदयदेव मन्दिर, पुर्चौडीमा रहेको डिलाशैनी भगवती मन्दिर, दोगडाकेदारमा रहेको दोगडाधाम, देउलेक केदार लगायतका दर्जनौँ मन्दिरमा घटस्थापनादेखि नै भक्तजनको घुइँचो लागेको हो ।

यी मन्दिरमा भारतका विभिन्न स्थानबाट समेत दर्शनार्थी आएका छन् । दशैँको बेलामा लाग्ने मेलामा भक्तजनको घुइँचो लागेकोे दशरथचन्द नगरपालिका–२ देहिमाडौँका अध्यक्ष रनबहादुर बोहराले जानकारी दिनुभयो । बैतडीसहित सुदूरपश्चिमलगायत भारतबाट समेत दर्शनार्थी आएका छन् । उहाँले भन्नुभयो, “महाअष्टमीको दिन राँगा र बोकासहित पूजाआजा लाग्ने गर्दछ ।”

यस्तै, निंगलासैनी मेला व्यवस्थापन समितिले मेलालाई सभ्य र भव्यरुपले सफल पार्न सबैमा आग्रह गरेको छ । मेलालाई व्यवस्थित गर्नका लागि गाडी, जिप, कार तथा मोटरसाइकलका लागि निःशुल्क पार्किङको व्यवस्था गरिएको छ । मेलास्थलमा दर्शनार्थीको चाप बढी हुने भएकाले निंगलासैनी भगवती मन्दिरको पूर्वमा दशरथचन्द राजमार्ग छेउमा निंगलासैनी क्याम्पसका लागि काटिएको ठाउँ घुसुल्लाको तल्लोमोडमा पार्किङको व्यवस्था गरेको छ ।

यस्तै, पुर्चाैडी नगरपालिकाको मल्लादेहीमा रहेको डिलासैनी भगवती मन्दिरमा पनि महाअष्टमीको दिन राँगाको बलि दिने गरिन्छ । पाटनमा रहेको उदयदेव मन्दिरमा नवमीको दिन राँगाको बलि दिइन्छ ।

जिल्लाका अन्य शक्तिपीठका साथै अन्य मन्दिरमा पञ्चमीदेखि विशेष पूजा भइरहेको स्थानीय बासिन्दाले बताएका छन् । विगतमा नेपालमै घर भएका तर अहिले भारततिरै स्थायी बसोबास गरिरहेका पनि दर्शन गर्न आउने गरेका छन् । मेलालाई व्यवस्थित बनाउन सबै ठाउँमा मदिरा निषेधित क्षेत्र, धुम्रपान निषेधित क्षेत्र र खुला दिसापिसाबमुक्त क्षेत्र घोषणा गरिएको मेला व्यवस्थापन समितिले जनाएको छ ।

साथै मेलामा मिठाई, जेरीलगायत अन्य खाद्यपदार्थको सेवन गर्दा ध्यान दिन स्वास्थ्यकर्मीले सुझाएका छन् । धेरै रङ्ग प्रयोग भएको चीज नखान उनीहरुले सचेत गराएका हुन् । मेलामा कुनै आपराधिक क्रियाकलाप नहोऊन् भन्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय, बैतडीबाट मेलास्थलमा प्रहरी परिचालन गरिएको बैतडीका निमित्त प्रहरी प्रमुख प्रहरी निरीक्षक सुरेन्द्र बमले जानकारी दिनुभयो । -रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!