Facebook Twitter Google+ Google+
DHO

पाटन बजार अनुगमन

ptn-anugamanAdvertise Here

बैतडी ।

नेपालीहरुको महान चाड दशैँ तिहारलाई लक्षित गर्दै पाटन नगरपालिका र इलाका प्रहरी कार्यालय पाटनले शनिबार पाटन बजार अनुगमन गरेको छ । चाडपर्व नजिकएका बेला कालोबजारी तथा मंहगी नियन्त्रण गर्न पाटन नगरपालिका र इलाका प्रहरी कार्यालय पाटनको संयुक्त टोलीले पाटन बजार अनुगमन गरेको हो ।

पाटन नगरपालिकाका नगर प्रमुख केशब बहादुर चन्द नेतृत्वको टोलीले पाटन बजारमा रहेका ३५ किराना पसल, ५ मदिरा पसल, ६ होटल १ मेडिकल, १ मासु पसल, ४ नास्ता पसल,  ८ फैन्सी तथा कस्मेटिक पसल, २ पुस्तक पसल, २ अटो सर्विस, १ सहकारी पसल र २ तरकारी पसल गरी ६७ पसलमा अनुगमन गरेको कार्यकारी अधिकृत रबिन अधिकारीले जानकारी दिनुभयो । अनुगमनका क्रममा धेरैजसो ब्यापारीहरुले आफ्नो ब्यबसाय नबिकरण नगरेको पाईएकोले नबिकरण गर्न निर्देशन दिईएको उहाँले बताउनुभयो ।

अनुगमनका क्रममा हेयर जेल ४ थान, नाईस पाउडर १४ थान, भेसलीन १ थान, फेस क्रिम ४ थान, रुम स्प्रे १५ थान, फेस वास २ थान, नरिवल ४ थान, सोडा ५ पाकेट, बिस्कुट २१, सुजी १४ पाकेट, कुरकुरे १४ पाकेट, नमकिन ३ पाकेट, चाउचाउ ३ पाकेट, सब्जी मसला १ दर्जन, गुडपपाडी ४३ थान, चाटुराम २ दर्जन, मीट मसला ६ थान, चियापत्ती १ दर्जन, मिक्स मसला २ दर्जन, चिउरा २ केजी, मैदा ५ केजी, चिजबल ११ पाकेट म्याद गुज्रेका र बिडी १२ दर्जन, भीर (मदिरा) ३० क्वाटर अनुमति नलिई बिक्रि वितरण भई रहेको सामान बरामद गरी नष्ट गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी सहायक निरिक्षक लोकेन्द्र बहादुर खड्काले बताउनुभयो ।

ब्यापारीहरुले म्याद गुज्रेका सामानहरु बिक्रि वितरण गरेर उपभोक्ताहरुको स्वास्थ्य माथी खेलवाड गरिरहेकाले बजार अनुगमन कार्यलाई निरन्तरता दिईने नगर प्रमुख केशब बहादुर चन्दले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पहिलो चरण निर्वाचन : मतदाता परिचयपत्र मंसिर ८ र ९ मा वितरण हुने
  • ‘वाम गठबन्धनले बहुमत पाएमा सरकारको स्थायित्व र समृद्धि’
  • राप्रपा बैतडीका एक दर्जन संस्थापक नेताद्वारा पार्टी परित्याग
  • मतदाता शिक्षा कार्यक्रममा ढिलाइ
  • को हुन लीलाधर भट्ट ?
  • को हुन् दामोदर भण्डारी?
  • दीपावलीले हरेक नेपालीको मुहारमा उज्यालो ल्याउन सकोस् : राष्ट्रपति भण्डारी
  • गैरआवासीय नेपाली संघको अध्यक्षमा भवन भट्ट विजयी