पर्यटन पत्रकार संघ बैतडी शाखा गठन, संयोजकमा भट्टराई

मा प्रकाशित


बैतडी ।

पर्यटन क्षेत्रमा क्रियाशिल पत्रकारहरुको साझा संगठन नेपाल पर्यटन पत्रकार संघको बैतडी शाखा गठन गरिएको छ । अमरराज भट्टराईको संयोजकत्वमा ११ सदस्यीय बैतडी शाखा तदर्थ समिति गठन गरिएको हो ।

शुक्रबार पत्रकारहरुको एक भेलाले तदर्थ समिति गठन गरेको हो । भेलाले अमरराज भट्टराई संयोजक, सदस्यहरुमा घनश्याम सागर पन्त, भगिरथ अवस्थी, लोकेश साउद, गोकर्ण दयाल, खगेन्द्र अवस्थी, नरी वडु, बिरा गडाल, मिलन प्रकाश ढुंगाल, सिपी लोहिया, चन्द्रकान्त अवस्थी रहेका छन् ।

तदर्थ समितिको आगामी बैठकले प्रथम अधिवेशनको मिति तय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: