Facebook Twitter Google+ Google+
DHO

नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान

thumbAdvertise Here

काठमाडौं ।

आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपको छनौट खेल अन्तर्गत यू-१९ इस्टर्न रिजन क्रिकेटमा सहभागी हुन नेपाली युवा टोली शुक्रबार मलेसिया प्रस्थान गरेको छ ।

आइतबारदेखि हुने प्रतियोगिताका नेपाल समूह एमा परेको छ । यस समूहमा नेपालसँगै भुटान, सिंगापुर र थाइल्याण्ड छन् । समूह बीमा आयोजक मलेसियासहित चीन, हङकङ र म्यानमार छन् ।

नेपालले प्रतियोगिताको उपाधि जित्ने लक्ष्य लिएको छ । प्रतियोगिताको उपाधि बिजेताले आगामी नोभेम्बरमा हुने एसीसी यू-१९ एसिया कपमा स्थान बनाउनेछ । इस्टर्न रिजन र वेस्टर्न रिजनका बिजेता टोलीले एसिया कपमा टेष्ट मान्यताप्राप्त श्रीलंका, भारत, बंगलादेश र पाकिस्तानका युवा टोलीसँग प्रतिस्पर्धा गर्नेछन् ।

एक महिना अघिदेखि तयारी थालेको नेपालको कप्तानी दीपेन्द्रसिंह ऐरीले गर्नेछन् । यसअघि सन्दिप लामिछाने कप्तान थिए । मुख्य प्रशिक्षक बिनोद दास र सहायक प्रशिक्षक कलाम अली छन् ।

नेपाली टोलीको ब्याटिङ प्रदर्शन सुधारका लागि भारतीय प्रशिक्षक मोन्टी देसाईले १० दिन बिशेष प्रशिक्षण दिएका थिए । उनी पनि आजै भारत फर्केका छन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • चिली ब्राजिलसँग पराजित, विश्वकपमा छनौट हुन सकेन
  • नेपाली यू-१९ क्रिकेट टोली मलेसिया प्रस्थान
  • नेपालद्वारा सिंगापुर २२ रनले पराजित
  • प्रधानमन्त्री कप क्रिकेट : बैतडीबाट ४ खेलाडी छनौट
  • राष्ट्रिय क्रिकेट खेलाडीहरु बेलौरीको विज्डम एकेडेमीमा
  • पुरुष भलिबलको उपाधी रोडिदेवललाई
  • प्रजातन्त्र दिवसमा मैत्रीपुर्ण फुटबल: पत्रकार बिजयी
  • पत्रकार र कर्मचारीबिच मैत्रीपुर्ण फुटबल प्रतियोगिता हुने