Facebook Twitter Google+ Google+
DHO

नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो

Advertise Here

काठमाडौैं, नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि लोकसेवा आयोगले आइतबारदेखि काम सुरु गरेको छ ।

व्यवस्थापिका–संसद्, राज्य व्यवस्था समितिले शुक्रबार नयाँ कर्मचारी भर्ना नरोक्न निर्देशन भर्ना गर्न बाटो खुलेपछि आयोगले आइतबारदेखि काम थालेको हो ।

आयोगले रिक्त दरबन्दी आए पनि क्रमशः पहिले कायम भएको कार्यतालिकानुसार नै विज्ञापन, परीक्षा र परीक्षाफल प्रकाशन गरिने जनाएको छ । यसअघि समितिले नै संघीय संरचनामा जाँदा कर्मचारी समायोजन गर्ने भन्दै एक वर्ष कर्मचारी भर्ना प्रक्रिया रोक्न निर्देशन दिएको थियो ।

लोकसेवा आयोग असोजको अन्तिम साता सहसचिव, कात्तिक अन्तिम साता उपसचिव, मंसिर अन्तिम साता अधिकृत र पौष अन्तिम साता नासुको विज्ञापन गर्ने तयारीमा छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अछाममा तरुल खन्दै गरेका बालकको मृत्यु
  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन
  • चुनावी प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन
  • आज टोपी दिवस मनाइँदै
  • डेढ सय गुप्तचरको जागिर गयो
  • विप्लव समूहका दुई नेता जेल चलान