दशैंका लागि टिकट बुकिङ्ग भदौ २२ देखि खुल्ने

मा प्रकाशित


काठमाडौं, भदौ १६ । दशैंका लागि अग्रिम बुकिङ्क टिकट यही भदौ २२ गतेबाट खुल्ने भएको छ ।
मध्यम र लामो दूरीका यात्रुका लागि यात्रुबाहक बसको टिकट यातायात व्यवस्था विभागले भदौ २२ गतेबाट खोल्ने निर्णय गरेको हो ।

सरकारले हरेक वर्ष सर्वसाधारणको सुविधाका लागि दशैंअघि राजधानी छाड्नेहरुलाई अग्रिम बुकिङको सुविधा दिइरहेको छ ।

छतमा सामान राख्न पाउनुपर्ने लगायतका माग राख्दै आएका व्यवसायीले भने सरकारले आफ्ना माग पूरा नगरेको भन्दै टिकट बुकिङ खुला गर्ने निर्णयमा सहमति जनाएका छैनन् ।

गतवर्षका दशैंहरुमा समयमै अग्रिम बुकिङ्क टिकट नखुल्दा यात्रुहरु टिकट नपाउने मात्र होइन, महङ्गो शुल्क तिरेर तथा छतमा चढेर गन्तव्यसम्म पुग्न बाध्य भएको दृष्टान्तलाई मध्यनजर गर्दै यस वर्षको दशैं सम्पूर्ण नेपालीहरुका लागि यात्रुप्रति यातायात क्षेत्रका तर्फबाट शुभ र सुखद रहने विश्वासका साथ विभागले अग्रिम बुकिङ्क टिकट समयमै खुला गरेको विभाग स्रोतले जानकारी दिएको छ ।

यस दशैंमा २५ लाख यात्रु राजधानी बाहिरिँदै छन् भने दशैंका दिनमा दैनिक ७ सात हजार बसको माग रहने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: