Facebook Twitter Google+ Google+
DHO

दशैँका लागि मंगलबारदेखि टिकट बुकिङ खुला हुने

Advertise Here

काठमाडौं, दशैंमा काठमाडौँबाट बाहिर जाने यात्रुका लागि यातायात व्यवसायीले आउँदो मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्ने भएका छन् ।

शनिबार यातायात व्यवस्था मन्त्रीको उपस्थितिमा यातायात व्यवस्था विभाग र यातायात व्यवसायी महासंघका प्रतिनिधिसहितको बैठकले मंगलबारदेखि टिकट बुकिङ खुल्ला गर्नेगरी सहमति जुटेको हो।

वर्षाका कारण भत्केका सडक मर्मत गर्ने र सार्वजनिक सवारी साधनको छतमा सामान राख्न दिन सरकार सहमत भएपछि यातायात व्यवसायीले टिकट बुकिङ खुलाउने भएका हुन्। यो निर्णयसँगै यात्रुले कलंकी, गौशाला, नयाँ बसपार्क, सुनधारालगायतका स्थानबाट घर जान अग्रिम टिकट काट्न पाउने भएका छन् ।

यसअघि भदौं २२ गतेदेखि खोल्ने मौखिक सहमति भए पनि यात्रा गर्ने यात्रुको सामान राख्ने बिषयमा सहमति हुन नसक्दा निर्धारित समयमा अग्रिम टिकट काट्ने सुविधा कार्यान्वयनमा आउन सकेको थिएन । यसपटक राजधानीबाट बाहिर जाने प्रमुख नाका मुग्लिङ-नारायणगढ सडक खण्डमा २८ गते बाट २४ सै घण्टा यातायात संचालन गर्न दिन सरकार सहमत भएको छ ।

विभागले १५ दिन अगाडि टिकट बुकिङको व्यवस्था मिलाउन, सिट संख्या अनुसार यात्रु राख्न, छतमा यात्रुका झोला मात्रै राख्न तथा तोकिएको भाडा दर कायम गरि स्पष्ट उल्लेख भएको टिकट यात्रुलाई दिनुपर्ने लगायत निर्देशन दिँदै टिकट बुकिङ नखुलाए कारवाही गर्ने चेतावनी दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • पृथ्वी जयन्तीमा सार्वजनिक बिदा
  • डा. गोविन्द केसी १४ ‍औँ पटक अनशनमा
  • प्रदेश सातको राजधानी दिपायल हुनुपर्ने भन्दै प्रदर्शन
  • चुनावी प्रचार सामग्री तत्काल हटाउन निर्वाचन आयोगको निर्देशन
  • आज टोपी दिवस मनाइँदै
  • डेढ सय गुप्तचरको जागिर गयो
  • विप्लव समूहका दुई नेता जेल चलान
  • अपांगताको परिभाषा सच्याउन माग