तेस्रो चरणको चुनाव : ४७ स्थानीय तहको परिणाम सार्वजनिक



काठमाडौँ, यही असोज २ गते प्रदेश नम्बर २ मा सम्पन्न भएको स्थानीय तहको निर्वाचनको मतगणनामा अहिलेसम्म ४७ तहको परिणाम सार्वजनिक भएको छ । ४७ स्थानीय तहमध्ये नेपाली कांग्रेस १८ स्थानीय तहमा निर्वाचित भएर शीर्ष स्थानमा छ । कांग्रेसले अहिले २३ स्थानीय तहमा अग्रता लिइरहेको छ ।

अहिलेसम्म जम्मा पाँच स्थानीय तहमा निर्वाचित भएको नेकपा एमाले १५ स्थानीय तहमा अगाडि छ । त्यस्तै दुई स्थानीय तहमा निर्वाचित भएको नेपाल लोकतान्त्रिक फोरम एक स्थानीय तहमा अगाडि छ ।

नेकपा माओवादी केन्द्र केन्द्र, संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) सात/सात स्थानीय तहमा निर्वाचित भएका छन् । माओवादी केन्द्र र समाजवादी फोरमको १८ तथा राजपाको १३ स्थानीय तहमा अग्रता छ । अहिलेसम्म नेपाली जनता दल एक स्थानीय तहमा निर्वाचित भएको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)