Facebook Twitter Google+ Google+
DHO

चीनको इन्टरनेट असोजभित्रै

thumbAdvertise Here

काठमाडौं ।

हिमपात र पहिरोका कारण अनिश्चित बनेको चीनबाट इन्टरनेट व्यान्डविथ ल्याउने प्रक्रिया करिब अन्तिम चरणमा पुगेको छ ।

नेपाल र चीन दुवैतर्फ अप्टिकल जडान सम्पन्न भएर परीक्षणका क्रममा रहेको र यो सेवा असोज महिनाभित्रै सञ्चालनमा ल्याइसक्ने नेपाल टेलिकमले जनाएको छ ।

शुक्रबार आफ्नो कार्यकाल पूरा भएको एक वर्षमा भएका उपलब्धि सार्वजनिक गर्ने क्रममा टेलिकमकी प्रबन्ध निर्देशक कामिनी राजभण्डारीले रसुवागढी नाकाबाट सेवा सञ्चालनको तयारी भइरहेको जानकारी दिइन् । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

नेपाल टेलिकमले चाइना टेलिकम ग्लोबलसँग गत वर्षको पुसमा इन्टरनेट व्यान्डविथ ल्याउन व्यवसायिक सम्झौता गरेको थियो । सम्झौताअघि नै व्यान्डविथ ल्याउने प्रक्रिया अघि बढिसकेको थियो यद्यपि, चीनको तिब्बत क्षेत्रमा हिमपात र पहिरोले अप्टिकल जडानमा समस्या भएपछि प्रक्रियामा अवरोध पुगेको थियो । ‘अहिले चीनको व्यान्डविथको टेस्टिङ कार्य भइरहेको छ’, राजभण्डारीले भनिन् ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने
  • चीनको इन्टरनेट असोजभित्रै
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता
  • यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न
  • डेढ करोडले चलाउँछन् इण्टरनेट
  • सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट ८, हेर्नुस् मूल्य र फिचर्स