कञ्चनपुरस्थित मझगाउँ विमानस्थल पुनःसञ्चालनका लागि प्रधानमन्त्रीलाई ज्ञापन



महेन्द्रनगर, भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँ स्थित मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि दबाव दिन गठित आन्दोलन परिचालन समितिले सरकारलाई ज्ञापन पत्र बुझाएको छ ।

कञ्चनपुर जिल्ला प्रशासन कार्यालय पुगेर दबाव समूहले लामो समयदेखि बन्द रहेको मझगाउँ विमानस्थल पुनः सञ्चालनका लागि प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको हो ।

प्रदेश नम्बर ७ समुन्नत हुन नसकेको अवस्थासँगै पटक-पकटको नेपाल सरकारलाई आग्रह र अनुग्रह गर्दा समेत विमानस्थल सञ्चालन हुन नसकेको भन्दै सरोकारावाला निकायको समूह गठन भएको हो ।

भीमदत्त नगरपालिका वडा नम्बर १६ मझगाउँ स्थित विमानस्थल हाल गौचरणका रुपमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)