Facebook Twitter Google+ Google+
DHO

एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता

aaaaAdvertise Here

एप्पल कम्पनीले एकै पटक तीन वटा आइफोनका नयाँ मोडल सार्वजनिक गरेको छ । क्यालिफोर्नियामा आयोजित एक विशेष समारोहमा आयोजित कार्यक्रममा सबैभन्दा पहिले एप्पल वाच सिरिज ३, त्यसपछि एप्पल टिभी फोर के र त्यसपछि आइफोन ८ र ८ प्लस सार्वजनिक गरिएको थियो।

पहिलो आइफोन सार्वजनिक भएको १० वर्षपछि सार्वजनिक गरिएको हुनाले नयाँ मोडलको आइफोनलाई आइफोन १० भनिएको छ । आइफोन ८ यही महिनाको अन्तसम्म हातमा पर्ने भए पनि टेन भने अक्टोबरमा मात्र बजारमा आउने छ ।

आइफोन ८ को डिस्प्ले ४.७ इञ्च रहेको छ भने त्योभन्दा ठूलो ८ प्लसको साढे ५ इञ्च रहेको छ । यसका स्पिकरहरु ७ को भन्दा २५ प्रतिशत ठूलो आवाज निकाल्न सक्छ । यसमा ए ११ बायोनिक चिप छ । १२ एमपीका क्यामेरा छन् । यसले फोर के ६० फ्रेम पर सेकेन्डको भिडियो खिच्न सक्छ । यसमा १२ एमपीका दुई वटा क्यामेरा छन् । ८ र ८ प्लस दुवैमा ची वायरलेस चार्जिङको सुविधा थपिएको छ। ६४ जीबी र २५६ जीबी गरी दुई वटा विकल्पमा मात्र यो उपलब्ध हुनेछ । सेप्टेम्बर १५ देखि बुकिङ सुरु हुने यी फोनहरु सेप्टेम्बर २२ देखि डेलिभर हुन थाल्नेछन् ।

गएरातिकै कार्यक्रममा एप्पलले सबैभन्दा महँगो आइफोन X पनि घोषणा गरेको छ । यसको उच्चारण एक्स नभई टेनको रुपमा गरिनेछ । आइफोन X मा केही नयाँ विशेषता थपिएका छन् । एउटा प्रमुख विशेषता फेस आइडी हो ।

यो फोनमा पूरै डिस्प्ले दिनका लागि होम बटन हटाइएको छ। होम बटनसमेत हटाइएकोले टच आइडी हुने कुरै भएन । बरु यसका लागि फेस आइडी तयार छ । पोट्रेट फोटोको विकल्प आइफोन X मा सेल्फी खिच्दा समेत पाइन्छ । यो फोनको सुरुवाती मूल्य नै ९९९ अमेरिकी डलर रहेको छ। नोभेम्बर ३ तारिखदेखि मात्र यो बजारमा आउनेछ । -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने
  • चीनको इन्टरनेट असोजभित्रै
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता
  • यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न
  • डेढ करोडले चलाउँछन् इण्टरनेट
  • सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट ८, हेर्नुस् मूल्य र फिचर्स