उम्मेदवारको घरमा बम विस्फोट

मा प्रकाशित


धनुषा, २३ भदौ ।

तेस्रो चरणको स्थानीय निर्वाचनको मुखमा आएर धनुषा जिल्लाको धनुषाधाम नगरपालिकाका प्रमुख पदका उम्मेदवारको घरमा अज्ञात समूहले बम विस्फोट गरेको छ ।

बिहीबार राति घरको कम्पाउण्डभित्र गएर अज्ञात व्यक्तिले बम विस्फोटन गराएको हो । सो घटनापछि धनुषाधामको सुरक्षा अवस्था अत्यन्तै कडा बनाइएको छ । धनुषाधाम नगरपालिकाको राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुखका उम्मेदवार प्रक्षा शाह मल्लको घरमा विस्फोट भएको प्रहरी नायब उपरीक्षक प्रवीण धितालले जानकारी दिएका छन् ।

विस्फोट घरको कम्पाउण्डमा भएकाले कुनै मानवीय क्षति नभएको र प्रहरी निरीक्षकको कमाण्ड टोली घटनास्थलस्थलमा राति नै पुगेर घटनामा संलग्नको खोजी कार्यसहित अनुसन्धान शुरु गरिसकेको प्रहरी नायब उपरीक्षक धितालले बताए । रासस

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: