उदयदेव महाराजः भक्तिका पथ प्रर्दशक

मा प्रकाशित


बैतडी पाटनस्थित सहश्त्रलिङग सिद्धनाथसँग जोडीएका महाराज उदयदेव को थिए, उहाँको उदभव कसरी भयो ? उहाँको सन्देश के थियो ? उहाँले तत्कालिन स्वराढगढका वासिन्दाहरु खासगरी पाटनवासी र कालीनदी पारीका समुदायलाई के योगदान दिए ? उहाँलाई आजसम्म पनि सम्झनु पर्नाको कारण के हो ? यस्ता स्थानीय ऐतिहासिक तथ्यगत विषयहरु आजप्रर्यन्त प्रमाणिकताका आधारमा खुलस्त हुनसकेका छैनन। उहाँका बारेमा केहीलेख्नु पछाडी वस्तुनिष्ठ रुपमा उदयदेव महाराजको उत्पत्ति, पाटनवासी सँगको अत्तर-सम्बन्ध, उहाँको दर्शन र सन्देश संकीर्ण सोचाई र जातक कथामा आधारित नभई यथार्थपरक रुपमा जनसमक्ष रुपमा ल्याउनु एकमात्र ध्येय हो ।

‘कुनै पनि दर्शन यदी व्यवहारिक भएन भने त्यो सिद्धान्तमा मात्र सिमित हुन्छ’ भने जस्तै उदयदेव महाराजले छोडनु भएको दर्शनसिद्धान्त केवल जनश्रुर्ति, किवंदन्ती र मिथकमा मात्र सिमित भएको खण्डमा फैलिन र विस्तार हुन सक्दैन। उहाँको दर्शन र सन्देशका बारेमा समसामयिक रुपमा सत्यतासाथ समाजमा फैलाउनु आजका पुस्ताले यथार्थ जान्ने प्रयास गर्नु अन्यथा पनि होइन।

लेखक कर्णशाक्यले खोज पुस्तकमा “वास्तविकतालाई उजागर गर्दा कटुसत्यलाई चपाउन र पचाउन सक्दैनौ, सत्य र तथ्यलाई चपाउने र पचाउने हो भने किताव किन लेख्नु” भने जस्तै हिजो जे भयो वा वास्तविकता सम्मपुग्न सकिएन लेखिएन त्यो अर्कोपाटो होला तर आजको समय सूचना र चेतनाको हुदाँ सवैको लागि चासोको विषय समेत भएकोले इतिहासकार नभए पनि लेख्ने प्रयास सम्म गरेको हु।

राजेन्द्र सिंह भण्डारी
राजेन्द्र सिंह भण्डारी

हाम्रो जस्तो परिवेश भएको समाजमा श्रद्धा, आस्था, धर्म संस्कृति, प्रथापरम्परा, देवीदेवता र भगवानलाई एउटै डाँलोमा राखी वुझ्ने गरिएकाले धेरै भ्रमहरु सृजना भएका हुन जवकी यी फरकफरक विषयहरु हुन। धर्मसंस्कृति भित्रका अध्यात्मिक पक्षलाई प्राथमिकतामा राख्दै आत्मसाथ गर्नु पर्नेमा केवल कर्मकाण्डीय पक्षहरुलाई मात्र केन्द्रमा राखेर गरिने कार्यहरुले हाम्रा अग्रज महापुरुषहरु प्रति सच्चासम्मान हुन सकिरहेको छैन।

धर्मको बाहिरी मार्गमा मात्र अल्मलिएर सम्पूर्णमानव चेतनाको विकास समुन्नती हुन नस्कने भएकाले स्ततथ्यको नजिक पुगि पूर्वज, पूर्खा अतित गौरवहरु, महापुरुषहरुका सन्देशहरुको संरक्षण सम्वर्द्धन गरिनु आजको आवश्यकता हो। महापुरुषहरु प्रति सच्चासम्मान तव हुन्छ जब कुनै पनि महापुरुषको दर्शन, पुरुषार्थ र सन्देशलाई जनजनमा पुरयाई समाजलाई ती सन्देश व्यवहारमा उतार्न उत्प्रेरित गरिन्छ र मानव हित कल्याणमा कार्य गरिन्छ।

यस्तै महापुरुषहरुको प्रशङगमा लुम्बिनी र वुद्धदर्शनबारे जसरी लेखक कर्णशाक्यले “लुम्बिनी कुनै धर्म र जातको पेवा होइन यो एउटा सूर्य हो जसलाई हत्केला भित्र कैद गर्न सकिदैन अहिलेको तनावग्रस्त विश्वका लागि वौद्धदर्शन मानव मनमा सिचाँई गर्ने शान्तिको नहर हो, यसलाई कुनै जातीय वा धार्मिक धेराभित्र राख्नु हुदैन राख्न सकिदैन पनि” त्यस्तै उदयदेव महाराजलाई पनि संकीर्ण धार्मिक अवधारण र जातककथामा जोडेर मुल्याङकन गरियो भने उहाँप्रति अन्याय हुनजान्छ। महापुरुषहरुलाई केवल कथा, किवंदन्ती र संकिर्ण धार्मिक कार्यपद्धतिसँग मात्रै जोडेर वुझ्न थालियो भने उहाँको किर्ति सन्देश वा पुरुषार्थ फैलिन, सवैकालागि प्रियहुन, अरुले आत्मसात गर्न, अपनत्व ग्रहण गर्न सक्दैनन र अन्तमा एउटा साँघुरो घेरामामात्र सिमित हुनजान्छन ।

तत्कालिन पश्चिम नेपालको राजनैतिक अवस्थाः

इतिहासकारहरुका अनुसार मध्यकालिन पश्चिम नेपालमा डोटी, कुमाउँ गढवाल र कर्णाली प्रदेशको खस साम्राज्य मुख्यरुपमा अस्तित्वमा देखिन्छन। डोटीराज्यको इतिहास नामक पुस्तकमा लेखक भोजराज भट्टराईका अनुसार ”ईशापूर्व तिनसय देखि शाके १७१७ सम्म डोटीराज्यको अस्तित्व रहेको वि.स.१३० मा शालिवाहनदेवले आफनै बाहुबलले डोटीराज्यको स्थापना गरेका थिए। अजयमेरु राजधानी र शीतकालिन सिलगढी राजधानी भएको तत्कालिन डोटी अन्तर्गत ४८ माण्डालिक प्रशासनिक कार्यको लागि विभाजित थिए।

आर्यखसका १५००० वर्ष नामक पुस्तकमा डा. विपिन अधिकारी लेख्छन “प्रा.सुर्यमणी अधिकारीका अनुसार कर्णालीका खसराजा पृथ्वीमल्लको पालामा डोटीका सामन्त निरयपालले सिजांको केन्द्रीय शत्ताविरुद्ध विद्रोह गरेर वि.स. १४०९ मा स्वतन्त्र डोटीराज्य स्थापना गरेका” उहाँ अगाढी लेख्नुहुन्छ “इस्वीको छठौ शताब्दीमा चिनियाँ यात्री युवान चाङग भारतभ्रमणमा आउँदा गगाँदेखि कालीनदीसम्मको भू-भागलाई मात्र व्रह्मपुत्र अर्थात कुमाउँ भनिएको थियो।

डोटीराज्यले शाके १२९८ मा जुम्ला र १५५० मा कुमाउँसँग भीषण युद्धगरेको थियो। डोटीराज्य खसप्रदेश थियो र महाकालीपारीका ९ राज्यले डोटीलाई कर उठाउथे। कुमाउँका संस्थापक राजा सोमचन्द हुन शाके ६२२ मा स्थापना गरेका। नेपाल एकिकरण पहिले स्वतन्त्र र शक्तिशाली मानिने डोटीराज्यमा १६ सय गाँऊवस्ती भएको हालको सूदूरपश्चिमका सवै भू-भाग डोटीराज्यमा पर्दथ्ये। शाकेसम्वत खसराजाहरुको पालामा चलेको सम्वत थियो।“ सोही पुस्तकमा प्रा.डा. जयराज पन्त लेख्छन ”डोटेली राजा कत्युँरीकुलका सन्तान हुन त्योभन्दा अघि यो वंश अयोध्यानरेश रघुकूलका सन्तती भएको थाहाहुन्छ।

धेरैजसो राजन्य ठकुरी आफुलाई रघुकूलकै सन्तान भन्छन अध्ययन खोजहुन जरुरी छ। रघुकूलकै १६४-१८७ पुस्ताका राजनले डोटीमा राजगरेको देखिन्छ शाके १२३५ (वि.स. १३७०)। ” सोही पुस्तकमा राहुल सांस्कृत्यायनको उद्धरण दिदै लेखिएको छ “वीरदेवपछि कत्युरराज्य छिन्नभिन्न भई बाइस खालमा विभाजित भयो। जेठो डोटी, तेस्रो अस्कोट, चौथो वारांमण्डल अल्मोडा, पाचौ वैजनाथ र दानपूर छठौ धुराहाट अन्तिम राज त्रिलोकीपाल कत्युरीराजा थिए जेठा निरयपाल डोटी रहे निरयपाल नै नागराज हुन।”

आर्यखसका १५००० वर्ष नामक पुस्तकमा डा. विपिन अधिकारी लेख्छन “प्रा.सुर्यमणी अधिकारीका अनुसार कर्णालीका खसराजा पृथ्वीमल्लको पालामा डोटीका सामन्त निरयपालले सिजांको केन्द्रीय शत्ताविरुद्ध विद्रोह गरेर वि.स. १४०९ मा स्वतन्त्र डोटीराज्य स्थापना गरेका” उहाँ अगाढी लेख्नुहुन्छ “इस्वीको छठौ शताब्दीमा चिनियाँ यात्री युवान चाङग भारतभ्रमणमा आउँदा गगाँदेखि कालीनदीसम्मको भू-भागलाई मात्र व्रह्मपुत्र अर्थात कुमाउँ भनिएको थियो।

खस कत्युरीहरुको शासनकाल पनि कुमाउँको पूर्वी सिमा महाकाली नै थियो।” खससराज अशोक चल्ल (अनेक मल्लको अर्को नाम) को आक्रमण अगाढी नेपालको पश्चिमी भेग सहित कुमाउँगढवाल क्षेत्रहरु कत्युरीहरुको अधिनमा थियो। कत्युरीहरुले आफनो शासन ८ औ शताब्दीदेखि कायम गरेका  र निजहरुको राजनैतिक प्रभाव सन १०५० सम्म कायम थियो।” कत्युरी प्रथमराजा ललितसूर(९४५-९६०) यसपछी भू-देव, सलोनादित्य, इच्छाट, देशट, पंधट र सुमिश्र थिए। शासन १३ औ शताब्दी सम्म चल्यो। कत्युरी विशालराज्य टुक्राटुक्रा भयो डोटी, अस्कोट, पालीमा राज्यकायम भए। १२५१ मा अशोक चल्लले कत्युरीहरुको भूमी विजय गरे। कत्युरीहरुको हातबाट शासनशक्ति आफनो हातमा लिएपछि खस बलियाँ हुदै गए।”

व्राहमणवाद र जनजाती नामक संपादित लेखहरुभएको पुस्तकमा डा. हर्क गुरुङग लेख्छन ”कर्णाली क्षेत्रका सर्वप्रथम महासामन्त नागराज थिए १२ औ शताब्दीमा जुम्ला सिजांमा स्थापना गरेको राज्यले सम्पूर्ण कर्णालीक्षेत्र लगायत कुमाउँ र भोटको गुगें, पुरुङग समेत ओगटेका थिए। हिउदँको राजधानी दुल्लुमा रहन्थ्यो। पृथ्वीमल्लको पालामा (ई.१३३८-५८ मा शक्ति चरमसिमामा पुगेको थियो) १४ औ शताब्दीपछि जुम्ला साम्राज्य विभिन्न राज्य रजौटामा विभाजित भई यसका दुई हाङगाँ प्रमुख थिए- एउटा हाङगो कर्णाली पश्चिमका लागि अछाम दर्ना, विमकोट रजौटाकायम भए र पछी डोटी वझाङग थलारा र वाजुराका सिह ठकुराई थपिए। दोस्रो हाङगो स्याङजाबाट जगतिपुर हुदै रुकुम आईबस्यो।

यहाँबाट जाहारी, गलकोट, पर्वत, रोल्पा र प्युठानको ठकुराई बढदै गयो। सबै रजौटाहरु जिउलालाग्ने खोलामा स्थापना भएका। बाइसे राजाहरु सबै जुम्ली राजालाई मूली मान्दथ्ये। शक्तिका आधारमा डोटी राज्य विशेष बलियो थियो र यसले केही समय कुमाउँमाथी फत्ते गरेको थियो।“ नेपाल एकिकरण अभियानमा “१७९० मा महाकाली तरेर कुमाउँ कब्जा भयो। १८०४ मा अमरसिहंथापाले गढवाल र यसपछि १२ र १८ ठकुराई कब्जागरी १८०६ मा सतलज तरे। टिष्टादेखि सतलजसम्म १५०० किलोमिटर नेपाल लाम्चिएको थियो।

अग्रेजसँगको हारपछि सुगौली सन्धिअनुसार महाकली पश्चिम २५ वर्ष र सिङगाली पूर्व ३३ वर्ष राजगरी वर्तमान नेपाल सरहद भित्र सिमित हुन गयो।“ ११औ शताब्दीपछि हिन्दुस्थानमा मूसलमानहरुको बराबर हमला कारण मैदानबाट पहाड उक्लेका क्षेत्री र वाहुन खसान क्षेत्रमा आएर यिनले ठूलो साँस्कृतिक प्रभाव पारे। खसजातीमा नयाँ सामाजिक ढाचाँ बस्यो जसबाट क्षेत्रीय ठालु (ठकुरी) वाहुन, खस र अछुत जातको वर्गीकरण शुरुभयो। कालान्तरमा मगर तथा अन्य किरातीको संसर्गबाट तागाधारी मतवाली र पानी नचल्ने बहुजातीय समाज कायम भयो।

इतिहासकारहरुका अनुसार खसहरु इसापूर्व भन्दा पहिला नै पश्चिम नेपालमा प्रवेश गरेका थिए। ‘ईस्वी ७१२ मा मुसलमानहरुको प्रवेशपूर्व एकिकृत भारत थिएन। १८ पुराण, रामायण, महाभारतद्धारा समाज संचालित थियो तिनैले सशक्त प्रतिनिधित्व गरेका थिए। ई.पू. ७ औ शताब्दीमा त्यहाँ अङग, मगध, कोशल, वेदी, वतन, कुरु, अवन्ती गन्धार लगायत १६ जनपद देखा पर्छन। विस्तारै एकिकृत भारतको स्वरुपदेखा परयो। १२औ शताब्दीसम्म मुसलमानी प्रभाव देखियो १७०७ मा औरङगजेवको निधन पछि मुगलसाम्राज्य पनि विघटन भयो। १८औ शताब्दीमा भारतमा अग्रेज पसे विखण्डित भारत एकिकृत हुदै गयो। भारतलाई साम्राज्यवादले एकिकृत पनि गरेको थियो। “बाहौ शताब्दीमा मोहम्मद गौरीले भारतमा (सन ११७५-११७६) मा सातपटक आक्रमण गरी सन ११७८ मा गुजरातमा विजय हासिल गरेपछि लगातार कुतुव-उद-दिन, ऐवक, राजीया वेगम, सिल्जी वंशका सुल्तानहरु, तुगलक, शैयद, लोधीवंश हुदै सन १७०७ सम्म मुगलहरुले शासन गरेका र मध्य भारतमा वहमानी सुल्तानहरुले ईस्वी १३४७-१५२८ सम्म शासन गरेको त्यो समयमा मो. गौरी र मो. गजनवीको आक्रमणमा परि धेरै हिन्दु मासिएको’ लेखेका छन। यसरी भारतमा १२ औ शताब्दीदेखि मुगलआक्रमण व्यापकभई धेरै हिन्दु मासिई विस्तापित भएका घटनालाई नकार्न सकिदैन भारतको इतिहासले त्यही पुष्टी गर्दछ।

इतिहासकारहरुका अनुसार नेपालमा प्राचीनकालखण्ड देखि नै खासगरी दुईसभ्यताहरुको अस्तित्व देखापरेका देखिन्छन खसआर्य र मंगोल। मध्यएशियाबाट अफगानिस्तान सिन्धनदीको किनारामा हरप्पा र मोहनजोदारोको सभ्यता विकास गर्दै जम्मुकश्मिर पंजाब देखि गगांनदीका मैदान हुदै उत्तराखण्ड र ताख्लाकोटको बाटो नेपालको पश्चिमी क्षेत्रबाट उत्तरपूर्वतिर लागेका ककेसियनहरु ‘कस’ जो पछि शब्दको अपभ्रशले खस कहलिइएका जातीहरुको ईसापूर्व ३३००-१३००वर्ष पहिलाबाट आप्रावासनको क्रमचलेको देखिन्छ।खसहरुमध्ये राजनीतिक प्रभूत्वका हिसाबले कर्णाली खसप्रदेशको विशेष महत्व छ। कर्णाली खसप्रदेशको साम्राज्य उदय र विघटन पश्चात बाइसे चौविसे राज्यहरु विकास र विस्तार भई नेपालको भौगोलिक स्वरुपमा परिवर्तन आएको पाईन्छ भने मंगोल जाती नेपालको उत्तरबाट आई पूर्वतिर फैलिइएका देखिन्छन।तत्कालिन पश्चिममा कर्णालीको खस प्रदेश सोही राज्य अन्तर्गत कहिलेअधिन कहिलेस्वतन्त्र भएको डोटीराज्य र गगांमैदान देखि कालीनदी सम्मको व्रह्मपुत्र वा कुर्माञ्चल वा अल्मोडा कुमाउँ गढवाल क्षेत्र जो खसहरु कै वसोबास भएको क्षेत्र थियो अस्तित्वमा रहेका देखिन्छन।तत्कालिन समयमा यहीक्षेत्र र परिवेशमा राज्यविस्तारको क्रमले गर्दा एकराज्यले अर्कोराज्यलाई अधिनमा राख्ने, आपसमा लडाईहुने कहिले खसप्रदेश अन्तर्गत कुमाउँ गढवालक्षेत्र पनि अधिनमा हुने र कहिले कुमाउँगढवालका राजाहरुले डोटीसम्म राज्यविस्तार गर्ने र केन्द्रले सभाल्न नसक्दा स्थानीय सामन्त वा विषयपतिहरुबाट स्वतन्त्रराज्य कायमगर्ने क्रम चलेको इतिहासबाट थाहा हुन्छ।

मध्यकालीन नेपालको पश्चिम इतिहासमा कर्णाली प्रदेश, कुमाउँ गढवाल र डोटीको त्री-पक्षीय लडाईको कालखण्ड रहेको अनुमान गर्न सकिन्छ।यीक्षेत्रमा एकैमूलका खसहरु भएपनि राज्यविस्तारगरी राजा/रजवार/सामन्त/विषयपती हुने मनोदशाका कारण एकजातीय भावना एकसंस्कृति भाषा भएपनि शान्ती र राजनीतिक स्थिरता थिएन। अर्कोतिर १२ औं शताब्दीमा मूगलहरुको भारतमा भएका आक्रमणहरुले आफना संस्कृति र रहनसहन जोगाउन खसआर्यहरु झन विस्तारकोक्रम चलेको र पर्वत तथा हिमवतखण्डमा मूगलहरुको त्यति प्रभाव नपरेपनि आप्रावशनको क्रम रोकिएको थिएन।

उदयदेव महाराजको आगमनः

प्राचीन आप्रावाशनको क्रममा खससमुदायमा आजका जस्तो धार्मिक सांस्कृतिक प्रभाव र विकास भएको अवस्था थिएन। मानव समुदाय सुरक्षित भएपछिमात्र संस्कृतिक सभ्यता कला  साहित्यहरुको विकासहुने र लिपी विकास पछिमात्र ग्रन्थहरु लेखिने हुदाँ राज्यको सुनिश्चितता नभए सम्म भक्तिभाव समेत मौलाउन सक्ने अवस्था पनि थिएन। खसहरुको प्राचीन आगमनको समयलाई उदयदेव महाराजको आगमनको समय मान्न सकिने आधारहरु देखिदैनन।

१२ औं शताब्दीपछि भारतमा पटक पटक भएको मुगल आक्रमणका कारण वैदिक आर्यहरु (परिष्कृत खस ब्राह्मण क्षेत्री) आफनो सभ्यताको रक्षार्थ वा पारिवारिक कारणले वैतडी पाटन स्वराढगढमा चौरठ्याहरुको बेमेलका कारण खिपचन्दलाई राजा बनाइएको हुनसक्ने प्रश्नको निराकरण वस्तुनिष्ठ आधार निर्क्यौल हुन वाँकी नै छ भने पाटनस्वराढगढ डोटीराज्यका ४८ सामन्ती माण्डलिक अन्तर्गत मध्येको एउटा रजवारी शासन भित्रको क्षेत्र हुनुपर्ने तथ्यलाई पनि नकार्न सकिन्न।

“चन्दहरुका पूर्खा भारत इलाहावाद अन्तर्गतको ‘झुसी’ भन्ने राजधानीमा राज्यगरी बस्दथ्ये जयचन्दको राज्यकालमा मो. गौरीद्धारा जयचन्दको मृत्यु हुदाँ पंजाब हुदै गढवाल भित्रपर्ने ‘मणकोट गंगोलीमा’ आई राज्यगरे चन्द्रवंशी थिए” भन्ने भनाई भोजराज भट्टराईको रहेको छ। कसैकसैले चन्दराठहरु सर्वप्रथम राजस्थानको ‘चन्दोलीबाट’ गढवाल कुमाउँ हुदैआएका हुन पनि भन्छन। समाजशास्त्री डोर बहादुर बिष्टले ‘सबैजातको फुलबारी’ पुस्तकमा नेपालका ठकुरीहरु क्षेत्री गुरुङग मगरहरुबाट परिस्कृत भएका बहादुरजाती हो भन्ने भनाइ पनि छ कालान्तरमा भारतमा मूगलहरुको आक्रमणबाट आफना संस्कृति जोगाउन कुमाउँगढवालबाटै आएकामा हुनसक्ने संभावनालाई नकार्न सकिन्न।

१२ औं शताब्दीपछि भारतमा पटक पटक भएको मुगल आक्रमणका कारण वैदिक आर्यहरु (परिष्कृत खस ब्राह्मण क्षेत्री) आफनो सभ्यताको रक्षार्थ वा पारिवारिक कारणले वैतडी पाटन स्वराढगढमा चौरठ्याहरुको बेमेलका कारण खिपचन्दलाई राजा बनाइएको हुनसक्ने प्रश्नको निराकरण वस्तुनिष्ठ आधार निर्क्यौल हुन वाँकी नै छ भने पाटनस्वराढगढ डोटीराज्यका ४८ सामन्ती माण्डलिक अन्तर्गत मध्येको एउटा रजवारी शासन भित्रको क्षेत्र हुनुपर्ने तथ्यलाई पनि नकार्न सकिन्न। डोटीराज्य मुगलसम्राट हुमायूलाई करतिर्ने र पाटन स्वराढगढका राजा खिपचन्द चौरठ्याहरुको बेमेलका कारण डोटीलाई कर वुझाउने रजबारी शासन कायमगर्ने रजबार भएका भन्ने भनाई समेत रहेको छ।

मध्यकालको समयलाई नै आधारमान्दा अल्मोडा, कुमाउँ गढवालका कतिपय क्षेत्रहरुमा शासन गर्ने राजाहरु जस्तै ज्ञानचन्द, रुद्र चन्द, विजय चन्द, वाग बहादुर चन्द, उधोत चन्द १४ औं शताब्दी देखि १६ औ सम्म (शाके सम्वत वि.स.बाट १३५ वर्ष पछाडी, एक डेढसय वर्षपछि) अर्थात १३ औ शताब्दीतिर डोटीराज्यसँग कत्युरी राजाहरुको युद्धसमेत भएको मानिएको छ। गढवालमा रावत, पाल, मल्ल, वसेडा र अस्कोटमा पाल राजा, चम्पावतमा कल्याण चन्द राजाभएका भनाई समेत छ। कुनैकुनै इतिहास लेख्नेहरुले तत्कालिन समयमा महाकालीवारी डोटीसम्म पनि कत्युरीहरुको शासनको फैलिएको भन्ने भनाई छ तर धेरै समयसम्म आफनो प्रभुत्व महाकालीवारी टिकाईराख्न सजिलो थिएन। पाटन स्वराढगढ जुम्लाका खसराजाहरुको कहिल्यै प्रत्यक्ष अप्रत्यक्ष अधिनमा थियो भन्ने इतिहास पनि खुल्दैन। कत्युरी विशालराज्यको विभाजन भई गढवाल कुमाउँ, अल्मोडा आदि भएका र वि.स. १२५१ मा जुम्लाका खसराजा अशोकचल्ल (मल्ल)ले आक्रमण गरेपछि छिन्नभिन्न भई खसराजको अधीनमा रहयो भन्ने पनि इतिहासकारहरुको भनाइ छ।

साहित्यकार तथा पूर्व प्र.म. लोकेन्द्र बहादुर चन्दजीले आफनो पुस्तक विसर्जनमा ‘माटोलाई प्रणाम’ भन्ने शिर्षक अन्तर्गत पाटन स्वराढगढको सौरागकोटमा उग्रचन्दले राज गर्दथ्ये र उनका सेनापती मनजित र सोमचन्दले कोटकब्जागरी उग्रचन्द छोरापरिवार सहित ससुराली काँकरीकोट विस्थापित भए। मनजित र सोमचन्दको शासनको ज्यादती वढदै गएपछि स्वराढका सामन्तहरुले दुवैलाई मारी केही समय आफनो रजवारी चलाए। आपसमा रजबारी गर्ने सामन्तहरुको मनमुटावले पुन उग्रचन्दलाई फर्काउने प्रयास गर्दा नमानेकाले उनकै कान्छाछोरा जैतुलाई ल्याइ राजाबनाए। उदयदेवलाई आफना पितृदेव भनिएको पाईन्छ।

पाटन वरिपरि र बैतडीका विभिन्न स्थानमा वसोवास गर्ने चन्दराठहरु (किस राठ, दालराठ, कालराठ, बाघराठका) सन्तानहरुले उदयदेव महाराजलाई आफनो पूर्वजको रुपमा मान्नुका पछाडी कालखण्डमा सबै खसआर्य जाती उत्तराखण्ड हुदै आएका र त्यो क्षेत्रमा राज्यविस्तार र शासनमा नेतृत्व गर्ने वर्गका सन्तानका रुपमा चन्दराठका पथ प्रर्दशकका रुपमा उदयदेव महराजसँगको राजकीय सम्बन्ध नभई आध्यात्मिक सम्बन्धका आधारमा पूजागरिने परम्परा चलिआएको तथ्य यथार्थपरक रहन जान्छ।

स्रोतको अभाव रहेको उक्त लेखमा धेरै प्रश्नहरुको निराकरण हुनसकेको छैन।जस्तै खससाम्राराज्यहरुको उदय, उग्रचन्दको शासन कुन आधारमा शुरुभएको भन्ने भनाई र समय, उग्रचन्द कसरी सौरागकोटका राजाभए, सोमचन्द कहाँका राजा थिए, पाटनमा मात्र राजगर्न कसरी संभव भयो, बैतडीका अन्यक्षेत्र वा कहाँसम्म राज्यक्षेत्र थियो, मनजितसँग मनमुटावको कारण, सामन्तहरुले किन मनजित र सोमचन्दलाई स्वीकार गरे, कठायत र भट्टराई थरीले दीपचन्दलाई अहिले सम्म पुज्ने गरेको परम्पराबारेमा समेत केही खुल्न नसकेको, खिपचन्दको इतिहासबारे स्थानीय जनश्रुति, इतिहासका स्रोतसामग्री विवरण अभाव, उग्रचन्दका पितृदेव बनाइएका उदयदेवसँगको सम्बन्ध समेतका विवरण तार्किक निष्कर्षबाट नखुलेको उक्तलेखबाट इतिहासका धेरै पश्न अनुउत्तरित रहेका छन ।

उदयदेव महाराज स्वयं राज्यविस्तारमा सहभागी भएका, शासनगरेका इतिहास प्रमाण र जनश्रुर्ति किवंदन्ती नहुनु, सुर्नयाँ नदीको पानी अपठ्यारो पहाडको वीचबाट पाटनवासीले निकालेको कूलो जो आज नहरको रुपमा पाटनवासीको लागि अमृत समान छ सो कूलोलाई ‘खीप चन्दको पालाको कूलोको’ नामले पनि चिनिने भएकाले तत्कालिन सौराङकोटका राजा खीपचन्दसँग पनि उहाँको कुनै राजनैतिक साईनो भएको देखिदैन सुनिदैन।

पाटन वरिपरि र बैतडीका विभिन्न स्थानमा वसोवास गर्ने चन्दराठहरु (किस राठ, दालराठ, कालराठ, बाघराठका) सन्तानहरुले उदयदेव महाराजलाई आफनो पूर्वजको रुपमा मान्नुका पछाडी कालखण्डमा सबै खसआर्य जाती उत्तराखण्ड हुदै आएका र त्यो क्षेत्रमा राज्यविस्तार र शासनमा नेतृत्व गर्ने वर्गका सन्तानका रुपमा चन्दराठका पथ प्रर्दशकका रुपमा उदयदेव महराजसँगको राजकीय सम्बन्ध नभई आध्यात्मिक सम्बन्धका आधारमा पूजागरिने परम्परा चलिआएको तथ्य यथार्थपरक रहन जान्छ।  खीपचन्दको अन्त पश्चात काँकडपाखाबाट तत्कालिन चौरठ्याहरु (बिष्ट भण्डारी कठायत ऐडीबिष्ट) अन्यथरीको सहयोगमा जैतुचन्दलाई सौराङकोटको राजा बनाइएको इतिहाससँग पनि उहाँको कुनै सम्बद्धता देखिदैन सुनिदैन।

उग्रचन्द सोमचन्द खीपचन्दसँग जातीय सम्बन्धका आधारहरु ऐतिहासिक प्रमाणहरुले पुष्टी नभएको नखुलेको अवस्थामा खसहरुको आगमनको इतिहाससँग भन्दापनि त्रीपक्षीय राज्यविस्तारको क्रम र मूगलहरुको भारतीय क्षेत्रमा परेको प्रभावको समयलाई नै आगमनको आधार हुनसक्ने मान्न सकिन्छ।

डोटीराज्य अन्तर्गत विभिन्न माण्डलिक रजवारी गर्ने देव, पाल, मल्ल, शाह, कर्णालीका खस मल्ल र कुर्मान्चल प्रदेशका कत्युरीवशंका राजाहरुले नै राज्य वा रजवारी चलाउदाँ त्रिकोणीय राज्य विस्तारको क्रममा एक-अर्कावीचको अन्तर संघर्षको अवस्था त्योबेला भएकाले राजनैतिक घटनाक्रमको इतिहासलाई केलाउँदा सवै खसमूलका भएपनि प्राचीन खसहरुको आवागमनको समयभन्दा पनि कत्युरीवंशको राज्यविस्तार वा १२औ शताब्दीतिर मुगलहरुको भारतमा भएको आक्रमणको समयलाई आधारमान्दा बढी उपयुक्त र इतिहास सम्मत हुन्छ।

स्थानिय बैतडी पाटनवासी र वरपरका समुदायमा उहाँका बारेमा सुनिने किवंदन्तीहरुमा ‘उदयदेव महाराजको धार्मिक पृष्ठभूमि र भारत कुमाउँगढवालक्षेत्रबाट तीन दाजुभाई उदयदेव, रानादेव र भानादेव बैतडीमा प्रवेशगरी भानादेव; तत्कालिन नेपालको पूर्वतिर खासगरी मध्यपश्चिम क्षेत्रतिर, रानादेव बैतडी सदरमुकाम वरपरको क्षेत्र र उदयदेव महाराज जो शिवभक्त र आध्यात्मिक प्रवृति भएकाले पाटनस्थित सिद्धनाथगुफा को आराधना गरिने ठाउँमा वस्न रुचाएँका हुदाँ पुरानो गूठी संचालनको आधारमा सहस्रलिङगसँग र पछि सहस्रलिङग वा शिद्धनाथ एउटै शिवरुप भएका हुदाँ जोडिएका हुन भन्ने जनश्रुतिलाई आधार मानी यो लेखमा उल्लेख गरिएको हो।इतिहासको कालखण्डमा जो जुन समुदायमा जन्मलिई महापुरुष भएपनि कर्मको आधारमा नेपाली समाजले महापुरुषहरुले देखाएको बाटो अनुशरण गर्ने संस्कृति परम्पराका कारण उहाँलाई सम्झिन पुगेका हुन।

राजनीतिक पाटोको अर्थमा उदयदेव महाराजको विश्लेषण हुनु किमार्थ यथार्थपरक अवश्य हुन सक्दैन। उग्रचन्द सोमचन्द खीपचन्दसँग जातीय सम्बन्धका आधारहरु ऐतिहासिक प्रमाणहरुले पुष्टी नभएको नखुलेको अवस्थामा खसहरुको आगमनको इतिहाससँग भन्दापनि त्रीपक्षीय राज्यविस्तारको क्रम र मूगलहरुको भारतीय क्षेत्रमा परेको प्रभावको समयलाई नै आगमनको आधार हुनसक्ने मान्न सकिन्छ। वुद्धले वुद्धत्व प्राप्त गरेको  पाँचसय वर्षपछि वुद्धलाई सम्झन थाले झै उदयदेवलाई कहिले देखि सम्झिन थाले, विरपुरुष र देवीदेवताका गाथा धर्म संस्कृतिका क्रमवद्ध चलनहरुले प्रथापरम्परा कहिलेदेखि शुरुभए निश्चित भन्नसकिने अवस्था छैन तर अनुमान गर्न त्यति कठिन पनि छैन।

उदयदेव महाराज र भक्ति सन्देशः

प्राचीनकालमा पहाडपर्वत नदीखोला र अदभूत वस्तुहरुलाई पूजागर्ने प्रसियनहरु र हिन्दुहरुका साँझा पहिलो राजा “यम” लाई मानिन्छ भने “गाथ” शब्द प्रसियन भाषाबाटै आएको तथ्य छ। वैदिक आर्यहरुले वीज वा सृजनाका प्रतिक, श्रृष्ट्रीकर्ताको रुपमा, संहारकर्ता देवता, शुन्यवादका प्रतिक स्वरुप, भयका प्रतिकको रुपमा, मरुद्र महारुद्र, देवादीदेव महादेवको रुपमा, आफना आदीपुरुषका रुपमा ई.पू. पैतिस सयवर्ष अघिदेखि शिवजीलाई भगवानको रुपमा पूजागर्दै आइरहेका इतिहास भेटिन्छ। उदयदेव महाराजलाई तत्कालिन समयमा हिन्दु तथा पूर्विय संस्कृतिमा सिद्धपुरुष, साधु, सन्त, साधक र महर्षिहरुलाई सम्मानार्थी भावले ‘महाराज’ भनिने हुदाँ महाराजको नामले पुकारिएकोमा विवाद नहोला। सौराङकोटमा खीपचन्दको रजबारी शासन बाहेक कुमाउँ गढवाल क्षेत्रको ‘कत्युँरवंशी’ शासनको प्रभाव र प्रमाणसँग सम्बन्धित तथ्ययुक्त प्रमाण बैतडी पाटन वरपरको क्षेत्रमा नभेट्टाइनु नसुनिनुले उदयदेव महाराज नितान्त सिद्धपुरुष वा साधक हुन भन्ने तथ्य नै प्रमाणिक देखिन्छ।

सनातनी आर्यहरु सत्यलाई ‘भज्’ अर्थात ‘बाँड’ भनेर उपदेश दिन्थ्ये भजनको अर्थ “बाँडनु” भएकाले सत्सङगमा भजन गर्दा सवैको मनमा एउटै ध्वनी वा शब्दको उच्चारणले सवैलाई जोडनु भन्ने पनि हो। सत्संगमा हामी एकैशब्द वा ध्वनीलाई एउटैभावमा सम्पूर्ण समष्टीसँग बाँडिरहेका हुन्छौ, एकै नाद भाव र शब्दलाई प्रकृति परमात्मा ब्रह्रमाण्डसँग बाँडीरहेका हुन्छौ। भजनमा जब सवै सुक्ष्म स्वरुपमा एउटै ध्वनीको आवाजले ईश्वरलाई पुकार्दछन तव हाम्रो भित्र ईश्वरत्व प्रकट हुन्छ। मनको स्तरमा जब भजनहुन्छ सवैबाट एकै आवाज आउँछ तव त्यो आवाज विराट भएर निकिल्छ। प्रत्येकको मनको आवाज व्यष्टीबाट समष्ठीमा संगम हुन्छ तव त्यो भजनबाट आनन्द प्राप्त भई परमात्मा पनि आनन्दित हुन्छन भन्ने विश्वास गरिन्छ।

बैतडी क्षेत्र र पाटन क्षेत्रमा आजसम्म चलेका प्रथापरम्परा पूजापद्धती समेतबाट उदयदेव महाराज तत्कालिन समयका साह्रै भक्ति भावनाले ओतप्रोत, शिवभक्त, दुरदर्शी साधक भएकोमा द्धिविधा छैन। हिन्दु धार्मिकमान्यतामा धर्मका चारपाउ ज्ञान, कर्म, भक्ति र मोक्ष्य मानिने र भक्तिलाई मानव मुक्तिको मार्ग मानिन्छ। आजको भक्तिका प्रशङगमा लेखक राजु नेपाल लेख्छन “धेरैजसोले भक्ति शब्दलाई धर्मसँग जोडेर हेर्छन जो गलत हो हिजोको भक्तिलाई अहिलेको एकाग्रता र निरन्तरताले प्रतिस्थापन गरिसकेको छ। आज भक्तिको अर्थ जे कामगर्ने हो त्यसैमा पूर्णरुपमा समर्पित हुनुसँग छ। आजको भक्तिको पहिलो र अन्तिम शर्त भनेको कर्मप्रतिको समर्पण हो।

“भक्तिको उपायदेहिता बारेमा भारतीय अध्यात्मिक गुरु श्री श्री रविशंकर जी लेख्छन “विकारोंसें मुक्त होनेका एकही मार्ग है वहं भक्तिका मार्ग हैं यह भक्ति, होशद्धारा मजबुत होती हैं। भक्ति केवल भावना के स्तरपर ही नहीं होती, वह अस्तित्वगत भी होती है” होश और प्रज्ञा के समन्वय के साथ हो, यही उसकी विशिष्टता है। भक्त के परिपक्क होने पर वोध अवश्य विकसित होगा” मान्छे भित्रका विकारहरु काम, क्रोध, लोभ, मोह, मद्, इर्षा आदीबाट पारपाउनेमार्ग केवल भक्तिमार्गलाई मानिएको छ। वोधपूर्वक गरिएको भक्तिले उच्चताको मार्गमा पुग्न सकिन्छ। भक्तिलाई अमृत भनिन्छ; स्वर्गको अमृत जो वृद्ध हुन दिदैन, चन्द्रमाबाट प्राप्तहुने अमृत जो पुष्टीवर्धक हुन्छ र वृक्ष अन्नमा सो वर्सिन्छ, भागवत अमृत जो दिव्य अलौकिक सदा आन्दमय अमृत स्वयं भगवान पनि चाहान्छन भनिन्छ।

भक्तिसँग सम्बन्धित विषयमा भारतीय आध्यात्मिक गुरु श्री श्री रविशंकर जी ‘अष्ट्रावक्र गीता’ मा वर्णन गर्छन “भक्ति अमृत तुल्य छ, शाश्वत दिव्य छ। भगवानलाई ‘सत् चित् आनन्द’ पनि भन्ने गरेकाले सत्- सत्य, चित्-सर्वज्ञ, आनन्द अर्थात आनन्दमय यी सारभूततत्व हुन। अकाम, अकारण पनि खुसीहुन सक्नु नै ‘सदचिदाआनन्द’ हो। भक्ति आनन्दको सार हो भक्ति जो भक्तमा स्थापित हुन्छ। भक्तिको जुनसुकै अवस्थामा पनि अमृतलाभ हुन्छ। भक्तिद्धारा मान्छेका कामनाहरु वा वासनाहरुबाट पारपाउन सकिन्छ। भक्ति लहरो जस्तै हो माथी उठनलाई सहारा चाहिन्छ। भक्तिको माध्यमबाट मनुष्य विकसित हुन सक्छ। भक्तिसँग भजन र किर्तनलाई पनि जोडेर हेरिन्छ, भजन अर्थात ‘वाँडनु’ ईश्वरप्रति आफनो ह्रदयमा उठेको कृतज्ञता अरुसंग बाँडनुलाई भजन भनिन्छ।

खुसी, आनन्द, प्रेमको प्रकृति नै त्यस्तै छ जसलाई जति बाँड्यो त्यति नै बढछ। ज्ञान, प्रेम करुणा, सेवाभाव जस्ता अन्तरह्रदयका जति सम्पदाछन ती जति बाँड्यो त्यति नै आफुभित्र अझै धेरै बढने किसिमका हुन्छन तसर्थ तिनलाई निःशर्त बाँडन जरुरी छ। अर्को अर्थमा आफुनो उत्सवमा अरुलाई पनि सहभागी गराउनु नै भजन हो। किर्तन शब्द ‘अर्तन’ अर्थात रोदन, शरिरह्रदयको अणुअणुबाट निस्कने रोदन नै किर्तन हो; जसबाट ईश्वरप्रति कृतज्ञता व्यक्त गरिने भएकाले ह्रदयबाट निस्किएको अर्तन नै एक किसिमको किर्तन हो भनेर आध्यात्मिक पुस्तकहरुमा  वर्णन गरिएको पाइन्छ।

सनातनी आर्यहरु सत्यलाई ‘भज्’ अर्थात ‘बाँड’ भनेर उपदेश दिन्थ्ये भजनको अर्थ “बाँडनु” भएकाले सत्सङगमा भजन गर्दा सवैको मनमा एउटै ध्वनी वा शब्दको उच्चारणले सवैलाई जोडनु भन्ने पनि हो। सत्संगमा हामी एकैशब्द वा ध्वनीलाई एउटैभावमा सम्पूर्ण समष्टीसँग बाँडिरहेका हुन्छौ, एकै नाद भाव र शब्दलाई प्रकृति परमात्मा ब्रह्रमाण्डसँग बाँडीरहेका हुन्छौ। भजनमा जब सवै सुक्ष्म स्वरुपमा एउटै ध्वनीको आवाजले ईश्वरलाई पुकार्दछन तव हाम्रो भित्र ईश्वरत्व प्रकट हुन्छ।

मनको स्तरमा जब भजनहुन्छ सवैबाट एकै आवाज आउँछ तव त्यो आवाज विराट भएर निकिल्छ। प्रत्येकको मनको आवाज व्यष्टीबाट समष्ठीमा संगम हुन्छ तव त्यो भजनबाट आनन्द प्राप्त भई परमात्मा पनि आनन्दित हुन्छन भन्ने विश्वास गरिन्छ। जो सवैमा ब्रह्मको रुप देख्छ वाणीमा, अन्नमा, मानवमा, वृक्षमा, पशुपंन्छीमा कणकणमा त्यो भक्त कहलाउँछ। शरिरसुद्धी, मनसुद्धी, भावसुद्धी नै भक्तका लागि मार्गहुन। शास्त्रहरुमा भक्तहरुलाई चार किसिमका बाँडेका छन; अर्थाथी भक्त– कुनै भक्ति गर्दा त्यसको अर्थ खोज्न चाहान्छ कर्मकाण्ड, पूजा वा अन्य त्यस्तै केही गरीरहन्छ तर त्यो कार्य गरे वापत केही अर्थ चाहान्छ त्यो वास्तविक भक्त होईन। आर्त भक्त– तन मन धन स्वस्थ राख्न चाहान्छ त्यसकै लागी भक्त गर्छ। जिज्ञासु भक्त- केही वुझ्न चाहान्छ। तत्व ज्ञानी भक्त– सवै कुरा जानेर संसारिक कामनाको पछि नलागी तत्वज्ञान भएको भक्त श्रेष्ठ हो।

श्री श्री रविशंकर जी आफनो पुस्तक ‘अष्ट्रावक्र गीतामा’ लेख्नुहुन्छ “श्रद्धावाल्लभते ज्ञान तत्परःसंयतेद्रिय” अर्थात श्रदालु तत्पर र इन्द्रीयलाई जितेकालाई ज्ञानप्राप्त हुन्छ। ‘भक्ति र सत्संगले मन निष्पाप हुन्छ पुरै भावले गाँउन र मग्न भएर सुन्दा मनकाविकार हटछन ज्ञानले वुद्धि शुद्ध हुन्छ।’ त्यस्तै उहाँले ‘सिद्धपुरुष’ को स्थानका वारेमा पनि लेखेका छन ‘मान्छे भन्दा माथिको स्थान पितृहरुको हुन्छ, पितृहरु भन्दा माथि किन्नरहरुको, त्यो भन्दामाथी गन्धर्वहरुको, त्यसपछि यक्ष र देवता आउँछन। देवताभन्दा पनि माथी सिद्धपुरुषहरुलाई राखेको छ। सिद्ध अर्थात सतगुरु अथवा संसारिक लोभमोह रागद्धेषबाट मुक्तपुरुषको स्थान देवताभन्दा माथी भएकाले श्री गुरुभ्यो नमः का साथै पूजाको आरम्भ हुन्छ त्यसैले गुरुवन्दना पूजाभन्दा पहिले हुन्छ।

महाराज उदयदेवको राजनैतिक वा जातीय विवेचना नगरी समग्र आध्यात्मिक मुल्याकङनगर्दा उहाँ तत्कालिन समाजमा सिद्धपुरुष, साँधक, तत्वज्ञानी भक्तहुनुपर्छ। सिद्धनाथको शरणमा भक्तिभावले ओतप्रोतभई साधनाभक्तिबाट नै जीवन र जगतको कल्याण हुने विश्वासका साथका भक्तिमार्गमा लागेका उदयदेव महाराजको समग्र व्यक्तित्वबाट उहाँका तत्कालिन सन्देशहरुलाई देहाय अनुसार राख्न सकिन्छ।

  • भक्तिले एकता हुन्छ,
  • भक्तिले शक्ति प्राप्त हुन्छ,
  • भक्ति विनाको शक्तिले अंहमतालाई निम्त्याउँछ,
  • एकताले सदभाव र सहयोग प्राप्त हुन्छ,
  • भक्तिभावले आत्मसंतुष्टी मिल्दछ र अन्तमा मनुष्यको कल्याण हुन्छ।

उपसंहारः  

यसप्रकार उल्लेखित संदेशहरुबाट शक्तिलाईभन्दा भक्तिलाई जोडदिएका र अंहमताको शमन गर्न भक्तिको मार्ग सही हो त्यसैले सामाजिक एकता सदभाव कायम हुन्छ भन्ने सन्देशहरु नै उहाँको समाजलाई लगाएको गुन हो, मार्ग हो। तसर्थ जनजनलाई भक्तिको मार्गमा लाग्न प्रेरित गर्नु, भक्तिको माध्यमबाट परमात्माको सानिध्यता प्राप्तगर्न सकिन्छ, भक्ति मार्फत मानव भित्रका विकारहरुबाट मुक्तिपाउन सकिन्छ भन्ने सन्देशहरुलाई भक्तजनले जीवन व्यवहारमा आचरणमा अपनाउन सके प्रचलित विकृति र अन्धविश्वासबाट टाढाहुन सकिन्छ र त्यो नै उहाँ प्रतिको सच्चा सम्मान हो।

उदयदेव महाराजलाई सिमित घेराभित्र राख्नु उहाँप्रति अन्याय हो। एउटा सिद्धपुरुषको रुपमा उनको मार्ग भक्तिको मार्ग हो त्यो नै उहाँको राजपथ हो र पाटनवासी तथा कालीनदी पारीका वासिन्दाहरुलाई देन हो, गुन हो यो भन्दा पर अरु केही होला जस्तो लाग्दैन ।

साधकको जीवन व्यक्तिगत र संसारिक नहुने भएकैले उहाँका सन्देशहरु प्रेरणाका श्रोत हुन। आजको समयमा भक्तिबाट मन तथा शरिरका विकारहरु काम, क्रोध, लोभ, लालच, ईर्ष्या, अहंकार (पञ्चमकारहरु) नाश गर्दै दिव्यशक्ति प्राप्तगर्ने तर्फलाग्नु नै लोकजनको मुक्तिमार्ग तथा सफल जीवनको आधार समेत हो। उहाँको भक्तिभावयुक्त जीवनको मूल्याङकन गर्दा उहाँले विकृति र विसंगतिलाई कहिल्यै प्रश्चय दिएको होलाभनि विश्वास गर्न सकिदैन। हिजो वा वर्तमानमा चलेका कतिपय बिरालो वाँध्ने प्रथापरम्परा वा अन्धविश्वास वा कर्मकाण्डसँग उदयदेव महाराजको टाढासम्मको साइनो समेत छैन।

कहिलेकाँही आफनो भित्रको भक्तिलाई स्तुतिको रुपमा व्याख्यागर्दा वा वुझ्दाँ भक्तिको सही विवेचना विश्लेषण हुदैन। स्तुति वा निन्दा भन्दा धेरै पर सत् चित् आनन्दको स्थिति समग्रमा भक्ति हो। गीतामा भगवान श्री कृष्णले “जो मानवको लागि दुःखसुख समान छ, जो भय र क्रोधबाट मुक्त छ, जो स्थिर वुद्धिवाला छ ऊ नै सिद्धपुरुष हो” उदयदेव महाराजलाई जातक कथा वा संकीर्ण विचारबाट व्याख्या नगर्दा नै उहाँप्रति सम्मान होला। उहाँलाई तथाकथित कुनैपनि वर्ण, जात, धर्म, पंथ, संस्कृति, कर्मकाण्ड, क्षेत्र भन्दामाथी राखेर मूल्याङकन गरौ।

उहाँलाई सिमित घेराभित्र राख्नु उहाँप्रति अन्याय हो। एउटा सिद्धपुरुषको रुपमा उनको मार्ग भक्तिको मार्ग हो त्यो नै उहाँको राजपथ हो र पाटनवासी तथा कालीनदी पारीका वासिन्दाहरुलाई देन हो, गुन हो यो भन्दा पर अरु केही होला जस्तो लाग्दैन।

दुःखसु दुध्न् मनह् सुखेशु विगत् सुप्रह्, वित् रागह् क्रोधह् स्थित् धिर मुनी रुच्चते”

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!