Facebook Twitter Google+ Google+
DHO

उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’

Advertise Here

उत्तर कोरियालार्इ ध्वस्त पार्ने अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको अभिव्यक्तिलाई उत्तर कोरियाका उच्च अधिकारीहरुले “कुकुरको आवाज”को संज्ञा दिएका छन् । बुधबार राष्ट्रसंघको महासभालाई सम्बोधन गर्दै डोनल्ड ट्रम्पले उत्तर कोरियाले अमेरिका र उसका मित्र शक्तिलाई खतरा पुर्‍याइरहेकाले उत्तर कोरियालाई पूर्ण रुपमा ध्वस्त पार्ने चेतावनी दिएका थिए।

मंगलबार ट्रम्पले सोल– संयुक्त राष्ट्रसंघको ३२ औं महासभामा गरेको सम्बोधनमाथि प्रतिक्रिया दिँदै उत्तर कोरियाका उच्च कूटनीतिज्ञले उक्त जवाफ दिएका हुन् । ट्रम्पको उक्त सम्बोधनप्रति उत्तर कोरियाका विदेश मन्त्री री योङ–होले पहिलो औपचारिक प्रतिक्रिया दिए ।

राष्ट्रसंघले पटक पटकको प्रतिबन्धलाई वेवास्ता गर्दै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम निरन्तर अघि बढाइरहेको छ । उत्तर कोरियाली विदेशमन्त्री रीले अमेरिकाको न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघ मुख्यालय नजिकै संवाददाताहरुसँग बोल्दै विदेशमन्त्री रीले भने, ‘एउटा भनाइ छ, कुकुर भुक्दै गर्दा पनि परेड खेल चलिरहन्छ।’

‘यदि ट्रम्पले हामीलाई कुकुर भुकाइमार्फत् अचम्मित पार्न खोजेका हुन् भने त्यो उनले देखिरहेको सपना मात्रै हुनेछ ।’ मंगलबार संयुक्त राष्ट्रसंघको महासभामा उत्तर कोरियाली शासक किम जोङ–उनका बारेमा बोल्दै ट्रम्पले ‘रकेट म्यान’ अहिले आफ्नो र आफ्नो शासन दुवैका लागि आत्मघाती अभियानमा छन्,’ भनेका थिए। -एजेन्सी

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’