Facebook Twitter Google+ Google+
DHO

आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुन्छ : प्रधानमन्त्री देउवा 
भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको दाबी

Advertise Here

हरिश चन्द्र बाग,
कञ्चनपुर, १६ भदौ ।

प्रधानमन्त्री शेर बहादुर देउवाले आगामी १० वर्ष भित्र सुदूरपश्चिमको विकासमा कायापलट हुने दाबी गर्नुभएको छ । केही दिन अगाडी भएको आफ्नो ५ दिने राजकीय भारत भ्रमण सुदूरपश्चिमका लागि बढी उपलब्धिमुलक भएको उहाँले बताउनुभयो ।

भिमदत्त नगरपालिका र महाकाली नगरपालिकालाई जोड्ने महाकाली नदिमा ४ लेनको आठ सय मिटर लामो पुलको शिलान्यास गर्न कञ्चनपुर पुग्नुभएका प्रधानमन्त्री देउवाले शुक्रबार विहान नेपाल प्रेस युनियन कञ्चनपुरले आयोजना गरेको पत्रकार सम्मेलनमा सम्बोधन गर्दै अब सात नम्बर प्रदेशको विकाशको ढोका खुलेको उद्घोष गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सभापति समेत रहनु भएका प्रधानमन्त्री देउवाले आफ्नो भारत भ्रमणका क्रममा कञ्चनपुरको महाकाली नगरपालिकामा सुख्खा बन्दरगाह, डडेल्धुरा, बैतडी र दार्चुलाबाट भारत संग जोड्ने महाकाली नदीमा पक्की पुलहरु र तटबन्ध निर्माण, गौरीफन्टा नाका, पञ्चेश्वर परियोजनाको गतीलाई तीब्रता एवं कैलालीमा सुदूरपश्चिमकै महत्वपूर्ण आवश्यकताका रुपमा लिइएको प्राविधिक शिक्षालय स्थापना लगायतका विषयमा भारत सरकारसंग गहन छलफल भएको बताउनुभयो ।

यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ संबिधानको सफल कार्यान्वयनका लागि आसन्न प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन तोकिएको समयसीमा भित्रै गर्न आफ्नो नेतृत्वको सरकार लागि परेकोले सबैले आ–आफ्नो तर्फबाट सकारात्मक भूमिका खेल्नुपर्ने बताउनु भयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • डाक्टर गोविन्द केसीले अनसन तोडे
  • पाटन नगरपालिकाको विनियोजित वजेट प्रभावकारी बनाउन अन्तरक्रिया
  • राष्ट्रिय सभा सदस्य निर्वाचनसम्बन्धी कार्यतालिका सार्वजनिक
  • डा. गोविन्द केसी बिनाधरौटी तारेखमा रिहा
  • डाक्टर केसीका पक्षमा ९२ वर्षीय वरिष्ठ अधिवक्ता भण्डारीले बहस गर्ने
  • गोविन्द केसीको समर्थनमा माइतीघरमा प्रदर्शन
  • अवहेलना मुद्दामा पक्राउ परेका डाक्टर केसी सर्वोच्चमा
  • अवहेलना मुद्दामा को–को पुगेका छन् सर्वोच्च?