Facebook Twitter Google+ Google+
DHO

असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै

chautariAdvertise Here

काठमाडौँ ।

नेपाली साहित्यको विकास र विस्तारका निमित्त २०७१ साल माघ २६ गते स्थापित तथा २०७४ साल जेठ २८ गते नेपाल सरकारबाट स्वीकृति प्राप्त ‘साहित्यिक चौतारी नेपाल’ नामक साहित्यिक संस्थाले अाफ्नो स्थापनाकाल देखि नै विविध साहित्यिक तथा सामाजिक कार्यक्रम सञ्चालन गर्दैछ ।

अाफ्नो पहिलो कृतिको लोकार्पण तथा अन्य विविध साहित्यिक कार्यक्रम समेटिएको ” ‘चौतारी’ लोकार्पण तथा विविध साहित्यिक कार्यक्रम गर्न लागेको कुरा संस्थाका महासचिव गोविन्द भावुकले जनाएका छन् ।

कार्यक्रम नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती प्रमुख अातिथि तथा मदन पुरस्कार बिजेता घनश्याम कँडेल बिशिस्ट अतिथिका साथै नेपाली साहित्यकारहरूको उपस्थितीमा काठमाडौं बागबजार स्थित हार्दिक होटलमा सभ्य र भव्य रूपमा सु-सम्पन्न गर्ने कुरा संस्थाले जनाएकोछ ।

२०७४ असोज ५ गते दिउँसो १:३० बजे सञ्चालन हुने कार्यक्रमहरुमा “चौतारी” लोकार्पण तथा कृति माथिको बहस, राष्ट्रिय स्तरका प्रतिष्ठित श्रष्टाहरूका प्रतिनिधि सृजना वाचन, बिजयादशमी तथा शुभदिपावलीको शुभकामना अादानप्रदान तथा अन्तरसंस्था मुक्तक प्रतियोगिताको पुरस्कार बितरण लगायत विविध कार्यक्रमहरु गरिने कुरा संस्थाका सचिव मुना सिग्देलले जनाउनु भएकोछ ।

सम्पुर्ण साहित्यकर्मिहरूलाई कार्यक्रममा उपस्थिति हुन साहित्यिक चौतारी परिवारले निमन्त्रणा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • भारतको हरियाणामा नेपाली साहित्यकार सम्मानित
  • नेपाली वाङ्‍मय साधना सम्मान हरिहर खनाललाई प्रदान गरिने
  • मनिराज वाङ्‍मय पुरस्कार राष्ट्रकवि घिमिरेलाई
  • मुक्तकमा जम्यो टीकापुर, मुक्तककार पौडेल सम्मानित
  • असोज ५ गते ‘चौतारी’ लोकार्पण हुँदै
  • घनश्याम कँडेलको ‘धृतराष्ट्र’ लाई मदन पुरस्कार र वात्स्यायनलाई जगदम्बाश्री
  • नवौँ लघुकथा दिवस भव्यताका साथ सम्पन्न
  • कविता : ढिस्कोको खोजी