Facebook Twitter Google+ Google+
DHO

अवस्थीलाई विद्याभूषण पदक

ganga dattAdvertise Here

३८ औँ राष्ट्रिय शिक्षा दिवस २०७४ तथा अन्तर्राष्ट्रिय साक्षरता दिवसका बैतडीका गंगा दत्त अवस्थी नेपाल विद्याभूषण “ख” पदकद्वारा विभूषित भएका छन्।रास्ट्रपति विद्या देबी भण्डारी द्वारा शिक्षा दिवसका अवसरमा नेपाल विद्या भुसन क श्रेणी २१५ जना, ख ८२ जना, ग श्रेणी २८ जना स्नातक तहको नेपाल छात्रा विद्यापदक २३ जना र प्रमाणपत्र तह नेपाल छात्रा विद्या पदक ३ जनालाई सम्मानित गर्नुभयो ।

शंकरपुर – ९, बैतडी (हाल पुनर्वास-१, कंचनपुर) निवासी बुबा गणेश दत्त अवस्थी र मुमा भागरथी देबी अवस्थीको कोखबाट जन्मेका अवस्थीलाई यही भाद्र २३ गते राष्ट्रपति भवन शीतल निवासमा आयोजित विषेश समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले पदक तथा प्रमाणपत्रद्धारा विभुषित गर्नुभएको हो ।

सन् २०१६ मा भारतीय राजदुतावासको छात्रवृतिमा भारतको स्वामी केशवानंद राजस्थान विश्व बिद्यालयमा स्नातकोत्तर कृषि संकायमा उच्चतम अंक प्राप्त गरि उक्त बिश्वबिद्यालयबाट स्वर्ण पदकले सम्मानित भइसकेका छन् ।

श्री महाकाली मा.बि., बेलौरी कंचनपुर बाट २०६२ सालमा एसएलसी उत्तीर्ण गरेका अवस्थीले नास्ट उच्च मा.बि. बाट प्रमाणपत्र र त्रिभुवन युनिभर्सिटी, कृषि तथा पशु बिज्ञान अध्ययन संस्थान, रामपुर चितवन बाट कृषि बिषयमा स्नातक तह र स्वामी केशवानंद राजस्थान विश्व बिद्यालय, भारतबाट कृषि बागवानी विषयमा स्नातकोत्तर तह पूरा गरेका छन् ।

अध्ययन सँगै श्री गंगादत्त अवस्थी ले गत बर्ष लोकसेवा आयोगबाट लिएको परीक्षा एक नम्बरमा कृषि प्रसार अधिकृतमा सिफारिस भइ हाल जिल्ला कृषि विकास कार्यालय, बझांगमा कार्यरत छन् । उहा भन्नुहुन्छ, ‘मलाई लोकसेवा आयोगबाट नाम निकाल्दा सुगममा बस्न आग्रह गरिएपनि आफ्नै इच्छा अनुसार दुर्गमका बस्तीमा सेवा गर्नुपर्छ भनि बझांग गएको हुँ ।’ बझांग मा कृषि बिकासको प्रचुर सम्भावना रहेको हुदा सम्पूर्ण सरोकारवालाहरुको समन्वय, चाहना तथा स्थानीय स्रोत साधनको उचित उपयोग हुन सके भए उच्च पहाडका जिल्लाहरु मध्ये कृषि क्षेत्रमा नमुना जिल्ला बन्ने विश्वास ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • विदेशमा अध्ययनरत विद्यार्थीद्वारा कम्प्युटर सहयोग
  • किर्ते गरेकोको आरोप लागेका प्रधानाध्यापक निर्दोष ठहर
  • नयाँ कर्मचारी भर्ना प्रक्रियाका लागि आयोगले काम थाल्यो
  • अवस्थीलाई विद्याभूषण पदक
  • कक्षा १२ को परीक्षाफल प्रकाशित
  • कृष्ण माध्यमिक बिद्यालयको ५७ औं बार्षिकोत्सब सम्पन्न
  • डडेल्धुराको एक विद्यालयमा विद्यार्थीद्धारा तालाबन्दी 
  • डा. केसीका माग लत्याउँदै संसद अघि बढ्दै