४ हजार मेगावाटका ४१ आयोजना खारेज हुने

मा प्रकाशित


काठमाडौं, ५ भदौ । विद्युत उत्पादन लाइलेन्स लिएका तर मापदण्ड पूरा नगरी बसेका ४ हजार २ सय ३२ मेगावाट बराबरका ४१ अायाेजना खारेज हुने भएका छन् । लाइसेन्स लिएर उत्पादन अनुमतिपत्रको लागि निवेदन दिए पनि उनीहरूले आवश्यक प्रक्रिया पूरा नगरेका कारण आयोजनाको लाइसेन्स खारेज गर्ने प्रक्रिया सरकारले अघि बढाएकाे हो ।

जलविद्युत अायाेजनाले विद्युत उत्पादनका लागि अनुमतिपत्र प्राप्त गर्न वित्तीय व्यवस्था, वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदन वा प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन, विद्युत खरिद-बिक्रीको सम्झौता वा कनेक्सन एग्रिमेन्ट वा विद्युत खरिद-बिक्री सम्झौतालगायतका विवरण पेस गर्नुपर्छ । तर, खारेजीकाे प्रक्रियामा रहेका ती आयोजनाहरूले त्यस्ता कुनै पनि प्रक्रिया पूरा नगरेको विद्युत विकास विभागको भनाइ छ । कतिपयले भने लामाे समयदेखि अायाेजना अाेगटेर बसेका तर अावश्यक मापदण्ड पूरा गरी विद्युत उत्पादन कार्यमा नलागेकाे खबर अाजकाे नयाँ पत्रिका दैनिकले छापेकाे छ ।

अहिले विद्युत विकास विभागले त्यस्ता कम्पनीहरूलाई सूचना जारी गर्दै चेतावनी मात्रै दिएकाे छ । सूचनाअनुसार ३५ दिनभित्र सम्पूर्ण प्रक्रिया पूरा गरेर आयोजना अगाडि नबढाए खारेज गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: