Facebook Twitter Google+ Google+
DHO

१३ लाख मतदाता थपिए

Nirbachan AayogAdvertise Here

काठमाडौं, ९ भदौ । प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनलाई लक्षित गरेर निर्वाचन आयोगले फोटोसहितको मतदाता नामावली सङ्कलन गरेको छ । नामावलीमा १३ लाख मतदाता थपिएका छन् ।

साउन १ गतेदेखि आयोगले ७५ जिल्ला निर्वाचन कार्यालय र साउन १६ देखि भदौ ३ गतेसम्म ७४४ स्थानीय तहमा मतदाता नामावली संकलन गरेको थियो । जसमा १३ लाख मतदाता थपिएको आयोगले जानकारी दिएको छ । यो सँगै अब मतदाताको संख्या १ करोड ५३ लाखभन्दा बढी पुग्ने भएको छ ।

गाउँपालिका तथा नगरपालिकाको अझै केही तथ्यांक आउन बाँकी भएकाले संख्यामा केही वृद्धि हुन सक्ने आयोगले जनाएको छ ।

स्थानीय तह निर्वाचमा १ करोड ४० लाख ५४ हजार ४ सय ८२ मतदाता कायम गरिएको थियो । गत फागुन ९ गते १८ वर्ष पुरा भएर फोटोसहितको नामावलीमा समावेश भएका स्थानीय तह निर्वाचनमा भाग लिन योग्य भएका थिए ।

१६ वर्ष पुगेका र नागरिकता भएका सबै नेपाली नागरिकले मतदाता नामावली संकलनमा भाग लिन पाउने व्यवस्था छ । तर चुनावमा भने १८ वर्ष उमेर पुरा भएका मतदाताले मात्रै सहभागी हुन पाउँछन् । त्यसमा पनि आयोगले निर्वाचन मिति घोषणा भइसकेपछि मतदाताको १८ वर्ष पुगेको मिति तोक्ने व्यवस्था रहेको छ ।

बिहीबार मात्रै आयोगले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा भोट हाल्न भदौ ५ गते १८ वर्ष पूरा भएको हुनुपर्ने निर्णय गरेको छ ।

निर्वाचन आयोगले २०७४ साल भदौ ३ गतेसम्म मतदाता नामावलीका लागि नाम सङ्कलन/दर्ता भएका व्यक्तिहरूको विवरण रुजु गरी मतदाता नामावली अद्यावधिक गर्ने काम सुरु गर्ने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित