Facebook Twitter Google+ Google+
DHO

सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट ८, हेर्नुस् मूल्य र फिचर्स

gbgAdvertise Here

काठमाडौँ, ८ भदौ । सामसुङले मोबाइल कम्पनीले ग्यालेक्सी नोट ८ सार्वजनिक गरेको छ । अमेरिकाको न्युयोर्कमा आयोजित एक कार्यक्रममा बुधबार ग्यालेक्सी नोट ८ डुअल रेयर क्यामरा सहित सार्वजनिक गरिएको हो ।

ग्यालेक्सी नोटको सिरिजमा डुअल क्यामेरा भएको पहिलो फोन हो । यस फोनमा मिडनाइट ब्ल्याक, गोल्ड, ग्रे, डिप सि ब्लु र ओरियन्ट कलरमा उपलब्ध हुने जानकारी गराइएको छ ।

यस फोनको ६.३ इन्चको क्वाडएचडी+ सुपर एमोलेड डिस्प्ले रहेको छ । फोनमा ६ जीबी र्याम र ६४, १२८ र २५६ जीबीको स्टोरेजमा उपलब्ध हुने बताएको छ । फोनमा ५.० ब्लुटुथ उपलब्ध रहेको छ । फोनको डुअल रियर क्यामरा १२ मेघा पिक्सेलको रहेको छ भने फ्रन्ट क्यामरा ८ मेघा पिक्सेलको रहेको छ ।

३३ सय एमएएच को ब्याट्री रहेको यसमा ग्यालेक्सी नोट ८ ७.१.१ नुगट रहेको छ, जसले वायरलेस ब्याट्री चार्जिंगलाई सपोर्ट गर्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा ग्यालेक्सी नोट ८ को मुल्य ९३० डलर रहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मोबाइल फोन र इन्टरनेट अत्यावश्यक सेवा!
  • इन्स्टाग्रामबाट अब सिधै फेसबुकमा पोस्ट गर्न सकिने
  • चीनको इन्टरनेट असोजभित्रै
  • दसैंको अवसरमा टेलिकमको छुट सुविधा
  • एप्पलले सार्वजनिक गर्‍यो आइफोनका तीन नयाँ मोडल, यस्ता छन् विशेषता
  • यी २ जनालाई फेसबुकमा ब्लक गर्न सकिन्न
  • डेढ करोडले चलाउँछन् इण्टरनेट
  • सामसुङले सार्वजनिक गर्‍यो ग्यालेक्सी नोट ८, हेर्नुस् मूल्य र फिचर्स