सदरमुकाम क्षेत्रमै खुला शौच

मा प्रकाशित


ध्रुब बिष्ट,
डडेल्धुरा, ३२ साउन ।

खुला दिसामुक्त जिल्ला घोषणा भइसकेको डडेल्धुरा जिल्ला सदरमुकाम क्षेत्रमा खुला रुपमा शौच गर्दा फेरी दुर्गन्धित बन्दै गएको छ । जिल्ला सदरमुकामको मुख्य व्यापारिक केन्द्रमा रहेको सार्वजनिक शौचालय प्रयोग नगरी आसपासका क्षेत्रमा खुला रुपमा दिसा पिसाब गर्न थालेपछी सो क्षेत्र दुर्गन्धित बन्दै गएको हो ।

बागबजार क्षेत्रमा सार्वजनिक शौचालय भएपनि शौच गरेबापत पैसा तिर्नुपर्ने भएकाले यात्रु बाहेकका अधिकांश नागरिकले उद्योग बाणिज्य संघ जाने सडक छेउमा शौच गर्ने गरेको पाइएको स्थानीय रमेश मल्लको गुनासो छ । जिल्लामा भएका सम्पुर्ण घरधुरीमा शौचालय निर्माण भई प्रयोगमा आएको भएपनि बजार आउने केही नागरिक यसरी खुला रुपमा शौच गर्ने गरेको सो क्षेत्रका व्यापारीहरुको भनाई छ ।

नागरिकमा सचेतनाको कमीले र पैसा तिनुपर्ने झन्झटले गर्दा अझै पनि सार्वजनिक शौचालयमा शौच नगर्ने बानी बसेको हो । तर शौचालय सफा, सुग्घर राख्न र शौचालयको रेखदेख गर्न शौच गरे बापतको शुल्क उठाउनु परेको अमरगढी नगरपालिका डडेल्धुराका प्रमूख बिशेश्वर प्रसाद ओझाले जानकारी दिएका छन । खुला दिसामुक्त जिल्ला घोषणा गरिएपछि सम्बन्धीत निकायले गाँउ–गाउँमा समेत अनुगमन नगर्दा अन्य ठाउँहरुमा पनि प्रभावकारी ढंगबाट प्रयोग हुन नसकिरहेको बताईएको छ ।

 

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: