Facebook Twitter Google+ Google+
DHO

लद्दाखमा भारत–चीनबीच झडप भएको पुष्टि (भिडियोसहित)

Advertise Here

काठमाडौं, ४ भदौ ।

केही दिनदेखि भारत र चीनबीचको सीमा विवाद तनावपूर्ण अवस्थाबाट गुज्रिरहेको छ । डोक्लामको सीमा विवादले सार्थक निकास नपाउँदै लद्दाखमा दुई देशका सेनाबीच झडप नै भएको भिडियो सार्वजनिक भएको छ । भारतद्वारा प्रशासित कास्मिर क्षेत्रमा पर्ने लद्दाखमा दुवै देशले झडप भएको वा नभएको भन्नेबारे आ–आफ्नै दाबी गरिरहेका बेला त्यसको भिडियो सार्वजनिक भएको हो ।
भिडियोमा कसैले मोबाइलमार्फत् टाढैबाट भारत र चीनका सेनाबीच ढुंगा, लात्ती र मुक्का हानाहान भइरहेको दृश्य कैद गरेको छ । भिडियो भारतीय सेनाका एक जना अवकासप्राप्त रथी प्रकाश कटोचले शनिबार आफ्नो फेसबुकमार्फत् सार्वजनिक गरेको एजेन्सीहरुले जनाएका छन् । ४४ सेकेन्ड लामो उक्त भिडियोमा दुवै देशका सेनाबीच घम्साघम्सी भएको र केही सेना घाइते भएको दाबी एजेन्सीहरुको छ ।
यही अगष्ट १५ मा लद्दाखको प्याङयोङ भन्ने ठाउँमा भिडन्त भएको भारतीय मिडियाले समाचार प्रकाशित गरेपछि त्यसको कडा प्रतिवाद गरेको थियो, चीनको विदेश मन्त्रालयले। भारतले घटना भएको शुक्रबार नै पुष्टि गरेको थियो यद्यपि भिडियोको आधिकारिकताबारे पुष्टि भइनसकेको भारतकै एक सैन्य अधिकारको प्रतिक्रिया रहेको एजेन्सीहरुको दाबी छ ।

हेर्नुस् भिडियो क्लिप-

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • ट्रम्प प्रशासनको दुई लाख आप्रवासीलाई स्वदेश फर्कन आदेश
  • पुर्व सेनाप्रमुखद्वारा जिम्बावेको उपराष्ट्रपति पदमा सपथग्रहण
  • भारतीय प्रधानमन्त्री मोदीद्वारा चुनावी अभियान सुरु
  • न्यूयोर्कमा ट्रकले किचेर आठ जनाको मृत्यु
  • चिनियाँ राष्ट्रपति सी पार्टी प्रमुखमा पुनः निर्वाचित
  • अमेरिकाको डिभी आवेदन भोलिदेखि खुल्दै
  • अमेरिकाको लसभेगासमा गोली चल्दा २० को मृत्यु
  • उत्तर कोरियाले भन्यो : ट्रम्पको सम्बोधन ‘कुकुर भुकाइ’