Facebook Twitter Google+ Google+
DHO

राजपा सबै निर्वाचनमा सहभागी हुने

thumbAdvertise Here

काठमाडौं, ९ भदौ ।
राष्ट्रिय जनता पार्टी नेपालले स्थानीय तहसहित प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा सहभागी हुने भएको छ । पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचन बहिष्कार गरेको राजपा नेपालले सबै निर्वाचनमा सहभागी हुने घोषणा गरेको हो ।

राजपा नेपालको पदाधिकारी बैठकले गरेको निर्णय बिहीबार बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा सार्वजनिक गर्दै संयोजक महन्थ ठाकुरले पार्टी स्थानीय तह तेस्रो चरणको निर्वाचनका साथै प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनमा समेत सहभागी हुने बताएका हुन् । संविधान संशोधनसहित विभिन्न माग गर्दै आन्दोलनरत राजपा नेपाल केही माग पूरा भएको र बाँकी माग मुद्दाका रूपमा लिएर जनताका बीचमा जाने निष्कर्षमा पुगेको हो ।

महिनौंदेखि अड्काएर राखिएको संविधान संशोधन विधेयकलाई संसद्मा निर्णयार्थ प्रस्तुत गरिएको, स्थानीय तहको संख्या बढाउने, शहीद घोषणा, क्षतिपूर्तिलगायतका माग सरकारले पूरा गरेकाले निर्वाचनमा सहभागी हुने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित