Facebook Twitter Google+ Google+
DHO

राजधानीमा गौरा पर्वको भव्य रौनक

21167655_842065462636104_987784355921832599_oAdvertise Here

काठमाडौं, १३ भदौ ।
सुदुरपश्चिम क्षेत्रको महान् धार्मिक एवं सांस्कृतिक पर्व गौरा आज टुँडिखेलमा एक भव्य कार्यक्रम आयोजना गरी मनाइयो । सुदूरपश्चिमवासीले गौरालाई दशैँभन्दा पनि बढी महत्त्व दिएर मनाउने चलन रहेको छ । सूदुरपश्चिम क्षेत्रबाट राजधानीमा आई बसोबास गरिरहेका जनसमुदाय भेला भई टुँडिखेलमा गौरा मनाइएको हो ।

gora-001

विशेष धार्मिक/सांस्कृतिक महत्त्व बोकेको गौरा प्राचीन डोटी राज्य (हाल सुदूरपश्चिमका नौ वटै जिल्ला), मध्यपश्चिमका केही क्षेत्र र भारतको कुमाउँ/गडवाल क्षेत्रमा परापूर्व कालदेखि नै मनाइँदै आएको एक सांस्कृतिक धरोहर हो । भाद्र शुक्ल पंचमीदेखि सुरु हुने गौराको विशेष दिनचाहिँ अष्टमीलाई मानिन्छ । यो पर्व सुरु भएको एक हप्तासम्मै विभिन्न खेल, नाचगान र रमाइलो गरी मनाइन्छ ।

यस पर्वको अवसरमा आज राजधानीको टुँडिखेलमा आयोजित समारोहको नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरे । त्यहाँ उपस्थित सर्वसाधारणको ठूलो भीडले राति अबेरसम्म देउडा, नाचगान र रमइलो गरेर मनाए ।

गौरा पर्वको उपलक्ष्यमा प्रशंसा संरक्षण समूहद्वारा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले भाषा, संस्कृति, कलाका विविधताले नै नेपालको एकतालाई अक्षुण्ण बनाएको चर्चा गर्दै उनले यही सुन्दर एकताले नै देशलाई समुन्नत तथा बलियो बनाएको छ बताए । सो अवसरमा विभन्न कलाकार तथा संस्कृतिकर्मीले गौरा पर्वमा गाइने लोकगीत कलात्मक रुपमा प्रस्तुत गरेका थिए ।

gora2

सो अवसरमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री वीरबहादुर बलायरले स्थानीय तहको निर्वाचनलाई सम्पन्न गर्दै सरकारले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा ध्यान दिएको बताए । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले युवाको आर्थिक तथा सामाजिक विकास गर्न युवा केन्द्रित कार्यक्रममा सरकारले जोड दिएको उल्लेख गरे ।

समूहका अध्यक्ष अम्बादत्त भट्टको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सांसदहरु एनपी साउद, रमेश लेखक, कर्णबहादुर थापा, कलशा महरा तथा नेपाल विद्यार्थी सङ्घका अध्यक्ष नैनसिंह महरलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित