Facebook Twitter Google+ Google+
DHO

रक्त क्यान्सर पीडित कुँवरको उपचारका लागि सहयोग रकम संकलन गरी हस्तान्तरण

kunwar-helpAdvertise Here

केशव भट्ट/सरिता चौधरी,
कञ्चनपुर, ३१ साउन ।

कञ्चनपुरको बेलौरी नगरपालिका वडा नं. ३ बस्ने सुरत कुँवरका ९ वर्षिय छोरा रक्त क्यान्सर रोगबाट पीडित छत्र कुँवरको उपचारका लागि नेपाल विद्यार्थी सघं, बेलौरीले सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको छ । नेपाल विद्यार्थी सघं महाकाली बहुमुखी क्याम्पस इकाई कमिटी बेलौरीको पहलमा संकलन गरिएको राहात रकम रु. ५० हजार मंगलबार पीडित कुँवरकी हजुरआमालाई हस्तान्तरण गरिएको छ ।

बेलौरी नगरपालिका वडा नं. २ मा रहेको लक्ष्मी माद्यमिक विद्यालयको चौतारामा नेविसंघद्वारा आयोजित एक कार्यक्रमका बीच रक्त क्यान्सर रोगबाट पीडित छत्र कुँवरकी हजुरआमा सेतु कुवँरलाई हस्तान्तण गरिएको नेवि संघ बेलौरीका विद्यार्थी नेता मदन राज गिरीले बताउनु भयो ।

विभिन्न शिक्षण संस्था, उद्योगी, व्यापारी, कर्मचारी लगायत बिभिन्न संघसंस्थाबाट राहात रकम सङ्कलन गरिएको कार्यक्रमका सभापती समेत रहनुभएका नेवि संघका शुभम रावलले बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका महाकाली बहुमुखी क्याम्पस, क्याम्पस सञ्चालक समितीका अध्यक्ष हरेन्द्र सिहं बिष्टले रक्त क्यान्सर रोगबाट पीडित छत्र कुँवरको उपचारका लागि नेपाल विद्यार्थी सघं महाकाली बहुमुखी क्याम्पस इकाई कमिटी बेलौरीले सहयोग रकम संकलन गरी हस्तान्तरण गरेको कार्यको प्रशंसा गर्दै सबै क्षेत्रबाट सहयोग गरी पीडितको ज्यान जोगाउन आह्वान गर्नुभयो ।

नेपाल विद्यार्थी सघं महाकाली बहुमुखी क्याम्पस इकाई कमिटी बेलौरीका सभापति सन्तोष चौधरीले उक्त राहात रकमबाट थोरै भएपनि पीडितको घाउमा मलम लगाउनसम्म हुने बताउदै थप रकम सङ्कलनका लागी नेपाल विद्यार्थी बेलौरीको अभियान जारी रहने बताउनुभयो । क्यान्सर रोगबाट पीडित छत्र कुँवरको वि.पी. मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा उपचार भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित