Facebook Twitter Google+ Google+
DHO

मोदीको तयारीः चुनावमा सहयोग गर्ने, दोक्लाममा समर्थन माग्ने

Advertise Here

काठमाडौं, ७ भदौ ।

भारतले १९५० को नेपाल–भारत सन्धिअनुसार हाल चलिरहेको दोक्लाम विवादमा नेपालसँग समर्थन माग्न लागेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवासँग बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीले हैदरावाद हाउसमा हुने वान अन वान (एक्लाएक्लै) वार्तामा यो विषयमा छलफल गर्ने भारतीय तयारी छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ ।

एक्लाएक्लै भनिए पनि छलफलमा भारतका उच्च सरकारी अधिकारी प्रधानमन्त्रीको साथमा रहने यहाँको परम्परा छ ।

पाँच दिने राजकीय भ्रमणका क्रममा देउवा बुधबार नयाँदिल्ली जाँदै छन् । उच्च कूटनीतिक स्रोतका अनुसार, १९५० को सन्धिको धारा २ अनुसार भारतीय प्रधानमन्त्री मोदीले नेपाली सकमकक्षी देउवालाई दोक्लाम घटनाबारे जानकारी दिनेगरी टकिङ प्वाइन्ट बनाउने गरी विदेश मन्त्रालयले तयारी गरिरहेको छ । भारतले चुनावमा सहयोग गर्ने र दोक्लाममा समर्थन माग्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • समानुपातिकमा पुरुषलाई राहत
  • प्रदेशलाई तत्काल ३ सय ३६ गाडी, कुन प्रदेशमा कति ?
  • अब मुख्यमन्त्रीको पर्खाइ
  • अवसर नपाएकालाई राष्ट्रिय सभामा ल्याउने कांग्रेस निर्णय
  • कांग्रेस बैठकमा देउवामाथि आक्रोश- सभापति हुँ भन्दैमा धम्क्याउने?
  • अस्पतालले फरक समूहको रगत दिंदा दुवै मिर्गौला फेल
  • एमाले-माओवादी एकता प्रयास निर्णायक मोडमा, ओली र दाहाल दुवै अध्यक्ष !
  • यसरी छानिन्छन् राष्ट्रियसभा सांसद
  • error: Content is protected !!