मलेसियामा पनि गौरा पर्व मनाईयो

मा प्रकाशित


वैदेशिक रोजगारीको सिलसिलामा मलेसिया रहनुभएका सुदूरपश्चिमबासीहरु मिलेर धुमधामसँग गौरा पर्व मनाएका छन् ।

मलेसियाको जोहोरबारु स्थित होटेल बागुस सिटिमा बिहिबार भेला भएर सुदूरपश्चिमको सँस्कृती झल्किने गरि विभिन्न कार्यक्रमहरु सँगै धुमधाम सँग गौरा पर्व मनाइएको छ ।

मलेसिया रहनुभएका सबै सुदूरपश्चिमबासीहरुको उल्लेखनीय सहभागिता रहेको अन्तर्राष्ट्रिय सुदूर पश्चिम सेवा समाजका केन्द्रिय सदस्य ज्ञानेन्द्र सिंहले जानकारी दिनुभयो ।

malayasiya2

सुदूरपश्चिम सेवा समाज मलेसियाको जोहोरबारु समितिले आयोजना गरेको कार्यक्रमको अध्यक्षता पुष्प खड्काले गर्नु भएको थियो भने प्रमुख अतिथि चक्र मल्ल ठकुरी, अतिथि सागर रावल, राम हरि सापकाेटा र ज्ञानेन्द्र सिह ठकुरि रहनु भएको थियो । कार्यक्रम संचालन गजेन्द्र अबस्थी गौरवले गर्नुभएको थियो ।

सबै जना काम फर्किनु पर्ने भएकाले बिधि पुर्याएर गौरा देवीलाई आजै बिदाई गरिएको गजेन्द्र अवस्थी गौरबले जानकारी दिनुभयो । गत वर्ष पनि सुदूरपश्चिम सेवा समाजले मलेसियामा गौरा पर्ब मनाएको उहाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!