Facebook Twitter Google+ Google+
DHO

मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ

Advertise Here

धिरेन्द्र बहादुर चन्द,

पृथ्वीका विभिन्न भागहरुमा मरुभूमि रहेका छन् । जुन प्राकृतिक प्रकृयाबाट बनेका हुन्छन् । पछिल्लो स्थितिमा मानवीय क्रियाकलापले गर्दा प्राकृतिक वातावरणमा दबाव परी जमिनको स्थिति बिग्रिँदै गइरहेको छ । जसले गर्दा जमिनलाई मरुभूमिकरण गराउँछ । मरुभूमिकरण एक विश्वव्यापी समस्या हो । जमिनको अत्यधिक प्रयोग, तापक्रम बृद्धि, माटोको क्षयिकरण, अम्लियपनको वृद्धि आगजनी आदि कारणहरुले जमिनलाई मरुभूमिकरणतिर प्रोत्साहित गरिरहेको छ । मरुभूमिकरण क्रमबद्ध रुपमा हुने एक जटिल समस्या हो । जसले गर्दा जमिनमा ह्रास आइरहेको छ । यो प्रक्रिया निरन्तर रुपमा हुँदैन तर सुख्खा दब्बाहरु जमिनको किनाराहरुमा ठाउ– ठाउहरुमा देखा पर्दछ ।

लेखक धिरेन्द्र बहादुर चन्द

लेखक धिरेन्द्र बहादुर चन्द

मरुभुमिकरण भनेको के हो ।

मानविय क्रियाकलाप तथा जलवायु परिवर्तनले गर्दा सुख्खा, अर्धसुख्खा, कम ओसिलो जस्ता कुनै किसिमको जमिनमा आउने ह्रास भन्ने बुझिन्छ । प्राकृतिक रुपमा रहेको मरुभुमिमात्र हैन अन्य कमजोर स्थितीको कारणले गर्दा जमिन मरुभुमिकरण हुन सक्छ । जसले गर्दा प्राकृतिक जमिनलाई कमजोर बनाउछ । यसरी मरुभुमिकरण भैरहदा स्थलिय तथा जलिय पारिस्थितिक प्रणालीमा ह्रास ल्याई कार्य पद्धतीमा समेत अवरोध पु¥याउछ । नेपालमा बिशेष गरी हिमाल पारिका जिल्लाहरु र सिवालिक क्षेत्रहरुमा मरुभुमिकरणको बढि सम्भावना देखिन्छ ।

कसरी मरुभुमिकरण भइरहेको छ ।

मरुभुमिकरण विशेष गरी मानविय र प्राकृतिक कारणले गर्दा भइरहेको छ । प्राकृतिक रुपमा हुने हलचल तथा घटनाहरुले कुनैपनि जमिनलाई मरुभुमिकरणमा बदलिन सक्छ । त्यसै गरि आधिबेहरी, कमबर्षा, अतिबर्षा, सुख्खा, अनियमित बर्षा जस्ता प्राकृतिक घटनाहरुले जमिनको स्थितीलाई बिगार्छ । यि कारणहरु प्राय जलवायु परिवर्तनसंग सम्बन्धित छन् । तसर्थ जमिनलाई मरुभुमिरण गराउन जलवायु परिवर्तनको मुख्य भुमिका रहेको हुन्छ । यि बाहेक पनि मानविय क्रियाकलापहरु जस्तै जनसंख्या वृद्धि, जमिनको अति प्रयोग, माटोको क्षयिकरण, अतिचरणले गर्दा प्राकृतिक स्रोत बढी मात्रामा प्रयोग भई बातावरणलाई असर पार्दछ । तसर्थ प्राकृतिक र मानविय गतिविधीले गर्दा जमिनको स्थितीलाई कमजोर बनाई मरुभुमिकरणमा सहयोग पु¥याएको हुन्छ ।

मरुभुमिकरण बाट कसलाई असर परिरहेको छ ।

मरुभुमिकरणले गर्दा जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ । फलस्वरुप यसको असर सबै जिवजन्तुमा पर्ने गर्दछ । मरुभुमिकरणबाट पर्ने केहि असरहरुलाई यसरी चर्चा गर्न सकिन्छ ।

  • मरुभुमिकरणले गर्दा पारिस्थितीक पद्धतिमा ह्रास भई त्यहा भएका जिवजन्तुहरुको बासस्थान बिग्रिन पुग्दछ । जसले गर्दा बनस्पति र जिवजन्तुहरुलाई बाच्न कठिन पर्दछ । नियमित प्रकृया सञ्चालन गर्न नसक्दा यिनको संख्या घट्दै जान्छ । सिमसार जस्ता प्राकृतिक पारिस्थितीक प्रणाली सुक्दै जाने सम्भावना बढ्ने गर्दछ ।
  • मरुभुमिकरणले गर्दा बनस्पतिहरुको नास हुने गर्दछ । कतिपय बोटबिरुवाहरु लोप हुन्छन् भने धेरैमा उत्पादन क्षमता घट्छ । जसले गर्दा बनस्पतिहरुको स्थिती बिग्रिदै गइ माटोमा हुने प्राङ्गारिक पदार्थको कमि हुन्छ । जसले गर्दा माटोको उर्बरा शक्तिमा कमि हुन्छ ।
  • मरुभुमिकरणले गर्दा जमिनको सतह र जमिनमुनिको पानीको प्रवाहलाई कम गर्दछ जसले गर्दा पानीको मुहान सुख्दै जान्छ । फलस्वरुप खानेपानीको कमी भई चाहेअनुसार सिचाइको लागी पानी हुदैन । यसको प्रत्यक्ष असर जिवजन्तुहरुको स्वास्थयमा पर्दछ ।
  • मरुभुमिकरणले गर्दा चरन क्षेत्रहरु बिग्रिन्छन् । जसले पशुपालन व्यवसायमा बाधा पु¥याउछ । यिनको प्रतिकुल असर आर्थिक विकासमा पर्दछ । मानिसले रोजगारी पाउने अवस्था नभई भएको पनि गुमाउनु पर्ने हुन्छ ।
  • सुख्खाको वृद्धि निरन्तर बढ्दै जादा खेतीयोग्य जमिनलाई समेत असर पार्दछ जसले गर्दा खेतीपातीमा बाधा भई उत्पादन घट्छ र खाद्यान्नको संकट निम्त्याउछ ।
  • मरुभुमिको कारणले गर्दा स्वस्थ्व वातावरण बिग्रिन पुग्दछ । जसले गर्दा जिवजन्तुहरुलाई वातावरणमा बाच्न कठिन हुन्छ । फलस्वरुप जिवजन्तुहरुले अकालमै ज्यान गुमाउनु पर्छ ।

मरुभुमिकरण कम गर्न उपायहरु के – के हुन सक्छन् ।

प्राकृतिक र मानविय यि दुई कारण मरुभुमिकरण गराउने प्रमुख कारणहरु हुन् । कुनै प्राकृतिक कारणहरुलाई मानिसले समेत रोक्न सक्दैन भने कुनै कुनै कारणहरुलाई कम गर्न सक्दछन् । त्यसैले वातावरणलाई मरुभुमिकरणबाट बचाउन केही उपायहरु अपनाउन सकिन्छ ।

  • प्राकृतिक स्रोतहरुलाई जोगाउने र तिनको वरपर बृक्षारोपण गर्न सकिन्छ ।
  • जमिनको अत्यधिक प्रयोग नगर्ने र जमिनलाई सुख्खाबाट बचाउने ।
  • प्राय भिरालो र कमजोर जमिनलाई प्रयोग नगर्ने ।
  • जमिनमा सधै एकै किसिमको बालीनाली नलगाउने चक्रिय प्रणालीअनुसार खेतीपाती गर्ने ।
  • बनजंगल क्षेत्र बढाई संरक्षण गर्ने ।
  • चरणक्षेत्रलाई बचाई अतिचरण नगर्ने ।
प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • उदयदेव महाराजः भक्तिका पथ प्रर्दशक
  • भन्किएका मान्छेहरु
  • नीति र नियति : कानुनको दुर्गति
  • कर्मचारीलाई आदेशले होइन कानुनले चलाउनुपर्छ
  • मरुभूमिकरणले जमिनको प्राकृतिक अवस्थालाई बिगार्छ
  • ओलीको तिब्बत भ्रमण : प्रचण्ड भ्रमणकै दोस्रो भाग ?
  • लघुकथा लेखनलाई गम्भीरताका साथ लिएर काम गर्ने स्रष्टाको खाँचो छ : डा. पुष्करराज भट्ट
  • ‘रेडकर्नर नोटिस’ र सत्ता साझेदारी