Facebook Twitter Google+ Google+
DHO

मत गणनास्थलमा तारजाली र सिसीटिभी
भरतपुर १९ मा पहिलाकाे भन्दा २७ मत कम खस्याे

Advertise Here

भरतपुर, २० साउन । भरतपुर महानगरपालिका वडा नम्बर १९ काे मतदान सम्पन्न भएकाे छ । ७५.५८ प्रतिशत मतदान भएको साे वडामा मतगणना अाजै सुरू हुने जनाइएकाे छ । मत गणनास्थलकाे सुरक्षाका लागि तारजाली र सिसीटिभी जडान गरिएकाे छ ।

कुल ३ हजार ७ सय ९७ मतदाता रहेकाे याे वडामा यसअघि बैशाख ३१ गते भएको निर्वाचनमा वडा नम्बर १९ मा २ हजार ८ सय ६० मत खसेको थियो । त्याेभन्दा यसपटक २७ मत कम खसेकाे छ ।
पहिलो चरणको निर्वाचनमा भरतपुरको १९ को मतगणना भइरहँदा माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि सर्वोच्चको आदेश अनुसार आज पुनः निर्वाचन भएको हो । निर्वाचन शान्तिपूर्णरुपमा सम्पन्न भएको निर्वाचन कार्यालयले जनाएको छ ।

गत जेठ १४ गते मतगणनाका क्रममा मतपत्र च्यातिएको ङटना स्मरण गर्दै यसपटक मतगणनास्थलमा सीसीटीभी र तारजालीको व्यवस्था गरिएको हाे । दलीय प्रतिनिधिहरुको गतिविधिलाई निगरानी गर्नका लागि सीसीटीभी जडान गरिएको जिल्ला निर्वाचन कार्यालय चितवनका प्रमुख हरि ढकालले जानकारी दिएका छन् । मतगणनामा सहभागी हुने दलका प्रतिनिधिको पहुँच मतपत्रसम्म नहोस् भन्नका लागि तार जाली समेत लगाइएको उनले बताए ।

हालसम्म वडा नम्बर १८ सम्मकाे पहिलाे चरणकाे मतगणना सकिएकाे थियाे । जसमा एमालेका देवी ज्ञवाली माओवादी-कांग्रेस गठवन्धनकी उम्मेदवार रेणु दाहालभन्दा ७८४ मतले अगाडि छन् । भरतपुरको २९ वटा वडा मध्य २७ वटाको परिणाम आइसकेको छ । अब १९ नं. वडा र गन्न बाँकी सबै मत गणनापछि भरतपुरकाे वास्तविक मत परिणाम अाउनेछ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • प्रदेश ७ मा सात सदस्यीय सरकार गठन
  • सरकार कालो धनको पक्षमा छैन : प्रधानमन्त्री ओली
  • केपी ओली प्रधानमन्त्रीमा नियुक्त, आजै ४ बजे सपथ लिने
  • प्रधानमन्त्री शेरबहादुर देउवाले दिए राजीनामा
  • चट्याङ लागेर २२ सैनिक घाइते, गम्भीर ५ जनालाई काठमाण्डौं लगीयो
  • यस्तो छ एकता टुंग्याउने एमाले-माओवादीको तयारी
  • आज महाशिवरात्रि : पशुपतिनाथ मन्दिरमा विशेष आकर्षण
  • प्रतिनिधि सभा निर्वाचनको समानुपातिक सूची पाँचै दलले बुझाए
  • error: Content is protected !!