बुवाको मुख हेर्ने दिन र तीज पर्वको अवसरमा टेलिकमलको विशेष अफर

मा प्रकाशित


काठमाडौं, ५ भदौ ।
बुवाको मुख हेर्ने दिन तथा तीज पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकका लागि विशेष अफरहरु ल्याएको छ।

टेलिकमले ल्याएका अफरमा जीएसएम प्रिपेड/पोस्टपेड मोबाइलमा युट्युब डाटा प्याकेज र डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज अफर रहेका छन् । टेलिकमले जनाएअनुसार युट्युब डाटा प्याकेजअन्तर्गत एक सय रुपैयाँमा एक जीबी डाटा भोल्युम प्राप्त हुनेछ र यो प्याकेज २१ दिनसम्म प्रयोग गर्न सकिने छ ।

त्यसैगरी ६० रुपैयाँको पाँच सय एमबी डाटा १४ दिनका लागि उपलब्ध हुनेछ। त्यस्तै डिस्काउन्टेड भ्वाइस डाटा प्याकेजअन्तर्गत एक सय ५० र दुई सय ५० का प्याक उपलब्ध छन्। एक सय ५० प्याकअन्तर्गत एक सय ५० रुपैयाँमा ६ सय एमबी र प्याक दुई सय ५० अन्तर्गत दुई सय ५० रुपैयाँमा एक जीबी डाटा भोल्युम उपलब्ध हुनेछ। उक्त प्याकअन्तर्गत कम्पनीकै नेटवर्कमा कल वा एसएमएस गर्दा २० प्रतिशत छुट हुने टेलिकमले जनाएको छ।

खरिद खरेका दुई प्याक क्रमशः १४ दिन र २८ दिनसम्म प्रयोग गर्न सकिनेछ। डाटा भोल्युम सकिए पनि कल वा एसएमएस गर्दा १४ दिन र २८ दिनसम्म २० प्रतिशत छुट प्राप्त हुनेछ।

‘वाईटी१जीबी’ वा ‘वाईटी५००एमबी’ लेखेर १४१५ मा एसएमएस पठाए युट्युब डाटा प्याकेज लिन सकिनेछ । डिस्काउन्टेड भ्वाइस डाटा प्याकेज लिन ‘प्याक१५०’ वा ‘प्याक२५०’ लेखेर १४१५ मा एसएमएस पठाउनु पर्नेछ। यी सबै अफर भदौ ५ देखि १९ सम्म खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

%d bloggers like this: