Facebook Twitter Google+ Google+
DHO

प्रधानमन्त्री देउवा भारत प्रस्थान

sherbahadur-deubaAdvertise Here

काठमाडौँ, ७ भदौ ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको पाँच दिवसीय राजकीय भ्रमणमा त्यसतर्फ प्रस्थान गरेका छन् । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणामा पत्नी आरजू राणा देउवाका साथ ६० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्वको गर्दै प्रधानमन्त्री देउवा भारत भ्रमणमा जान लागेका हुन्।

दुवै देशको उच्चस्तरीय वार्तासहित नयाँदिल्लीमा बिहीबार भेटघाट र अन्य कार्यक्रम रहेको छ ।

परराष्ट्र मन्त्रालयले भारतको बाह्यत मामिला मन्त्रालयसँगको समन्वयमा तयार पारेको भ्रमण तालिकाअनुसार भोलि अपराह्नय नयाँदिल्ली पुगेर राष्ट्रपति भवनमा केहीबेर विश्रामपछ उनले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्ने कार्यक्रम तय भएको छ ।

प्रधानमन्त्रीले भारतका उद्योगी–व्यवसायीहरूको साझा संस्था एशोशिएटेड चेम्बर्स अफ कमर्श एण्ड इण्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नेछन्। बिहीबार बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्रीलाई प्रधानमन्त्री मोदीले औपचारिक समारोहबीच स्वागत गर्नेछन्। बिहीबार नै प्रधानमन्त्री देउवासँग भारतका बाह्य मामिला मन्त्री सुस्मा स्वराजले शिष्टाचार भेट गर्नेछन् भने त्यस लगत्तै हैदरवाद हाउसमा दुवै देशका प्रधानमन्त्रीबीच सहयोगीरहित एक्लाएक्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ ।

दुई देशका सरकारप्रमुखबीचको भेटवार्तापछि हैदरावाद हाउसमा नै प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा सम्बन्धित अधिकारीले द्विपक्षीय समझदारी र सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ भने नेपाल–भारत प्रसारण लाइनको दूरनियन्त्रित यन्त्रबाट प्रधानमन्त्रीले शुभारम्भ गर्ने कार्यक्रम छ।

दुवै देशका प्रधानमन्त्रीले संचारकर्मीलाई सम्बोधन गरेपछि प्रधानमन्त्री मोदीले आफ्नो सम्मानमा हैदरावाद हाउसमा आयोजना गर्ने दिवाभोजमा प्रधानमन्त्री देउवा सरिक हुनेछन्। तयसै दिन अपराह्न राष्ट्रपति भवनमा भारतका राष्ट्रपति रामनाथ कोबिन्द र उपराष्ट्रपति बेंकैया नैडूसँग प्रधानमन्त्री देउवाले बेग्लाबेग्लै शिष्टाचार भेट गर्नेछन्।

त्यसैगरी, उनीसँग गृहमन्त्री राजनाथ सिंह, अर्थमन्त्री अरुण जेट्ली, भारतीय राष्ट्रिय कंग्रेसका अध्यक्ष तथा सांसद सोनिया गान्धी र पूर्वप्रधानमन्त्री मनमोहन सिंहले छुट्टाछुट्टै शिष्टाचार भेट गर्ने कार्यक्रम छ । भारत रहँदा देउवा विभिन्न सम्मान तथा भोजहरुमा सहभागी हुनेछन् ।

शनिबार बिहान प्रधानमन्त्री देउवा विशेष विमानबाट तिरुपतितर्फ प्रस्थान गर्नेछन् भने अपराह्न तिरुपति बालाजीको दर्शन गरेर वोधगयातर्फ प्रस्थान गर्ने कार्यक्रम छ । आइतबार बिहान नयाँदिल्ली पुगेर सोही दिन साँझ स्वदेश फर्कने कार्यक्रम तय भएको छ ।

भारत भ्रमणका क्रममा नेपाल र भारतबीच चार सम्झैतामा हस्ताक्षर हुने भएको छ । भूकम्पपछिको पुनर्निर्माण, लागुओषध नियन्त्रण, निर्यात गर्ने सामग्रीको गुणस्तर जाँच र मेची पुल स्तरोन्नतीलगायतका चार बुँदामा हस्ताक्षर हुने तयारी गरिएको छ । राससको सहयोगमा

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • मतदाता परिचयपत्र वितरण मङ्सिर ८ देखि
  • बामगठबन्धन पद प्राप्तिकालागि नभई समृद्ध राष्ट्र निर्माणका लागि : कर्ण थापा
  • वाम गठबन्धनले स्थिर सरकार र समृद्धि : उपाध्यक्ष रावल
  • समानुपातिकको सिट बढीमा ६ दलले मात्र पाउने, यस्तो छ हिसाब किताब
  • उम्मेदवारको सुरक्षामा ध्यान दिन प्रधानमन्त्री देउवाको निर्देशन
  • पार्टीले जातीय विभेद गरेको भन्दै कांग्रेस नेता रमेश कोली वाम गठबन्धनमा प्रवेश
  • बैतडीमा २ सय ५८ जनाले हतियार बुझाए
  • एसीसी यू–१९ : भारतमाथि नेपालको ऐतिहासिक जित