Facebook Twitter Google+ Google+
DHO

पाँचजना डेङ्गुका बिरामी फेला

thumbAdvertise Here

दाङ, १० भदौ ।

दाङमा डेङ्गुका बिरामी फेला परेका छन् । दाङको तुलसीपुरस्थित सिटी अस्पतालमा डेङ्गु संक्रमित पाँच जना बिरामी फेला परेका हुन् ।

अस्पतालमा उपचारका लागि आएका बिरामीको रगत परीक्षण गर्दा डेङ्गुको संक्रमण देखिएको डा. सुवोधकुमार शर्माले जानकारी दिनुभयो ।

तुलसीपुर–५ र ६ का एक पुरुष र दुई महिला त्यसैगरी शान्तिनगर गाउँपालिकाका र मानपुर–४ मा दुईजना महिलामा डेङ्गु रोग फेला परेको हो । अस्पतालमा भर्ना भएकामध्ये दुईजना महिला उपचारपछि घर फर्केको र दुई महिला र एक पुरुषको अस्पतालमा उपचार भइरहेको डा. शर्माले जानकारी दिनुभयो ।

लामखुट्टेको टोकाईबाट लाग्ने यो रोगबाट बच्न सरसफाईमा ध्यान दिनुपर्ने चिकित्सकहरुको सुझाव छ । यस अघिपनि जिल्लामा १३ जना डेङँगु रोगका विरामीहरु फेला परेका थिए ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)
Advertise Here





सम्बन्धित सामग्री

  • अब एचआइभीको शंका भए औषधि निःशुल्क
  • स्वास्थ्य संस्था हस्तान्तरण प्रक्रिया सुरु
  • डा केसीको स्वास्थ्य झन् खस्कियो
  • पाँच लाख सरकारी कर्मचारीको अनिवार्य स्वास्थ्य बीमा गरिने
  • बैतडीका स्वास्थ्य संस्थामा औषधि अभाव
  • पाटन बजार अनुगमन
  • बढी सेल्फी खिच्नाले लाग्ने रोग सेल्फी इल्बो के हो?
  • डण्डीफोर हटाउने घरेलु उपाय