नेपाल प्रहरीले माग्यो १२ सय बढी जनशक्ति

मा प्रकाशित


काठमाडौँ, ३१ साउन । नेपाल प्रहरीले ११ सय ७२ जनशक्तिको पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ। मंगलबार सूचना प्रकाशित गरी जनपद समूहतर्फ रिक्त रहेका अधिकृतसहित पदपूर्तिका लागि दरखास्त माग गरेको हो। माग गरिएको सङ्ख्या प्रहरी निरीक्षकमा ९१, प्रहरी सहायक निरीक्षकमा ३१४ र प्रहरी जवानमा ७६७ जना रहेको छ।

सूचनामा उल्लेख भएअनुसार दरखास्त फाराम भदौ ४ गतेदेखि असोज २ गतेसम्म बुझाउन सकिने छ । पदपूर्ति खुला तथा समावेशी सिद्धान्तका आधारमा गरिने जनाइएको छ ।

यी पदका लागि शैक्षिक योग्यता प्रहरी निरीक्षकका लागि स्नातक, सहायक निरीक्षकका लागि प्रमाणपत्र तह वा सो सरह र जवानका लागि कम्तीमा ८ पास गरेको हुनु पर्नेछ।

सूचनामा उल्लेख भएअनुसार प्रहरी निरीक्षकको उमेर हद २० वर्ष पूरा भई २५ ननाघेको हुनु पर्ने, प्रहरी सहायक निरीक्षकका लागि १८ वर्ष पूरा भई २४ वर्ष ननाघेको र जवानका हकमा १८ वर्ष पूरा भई २३ ननाघेका हुनु पर्नेछ।

साथै प्राविधिकतर्फ एमडी र एवीवीएस डाक्टरसमेत गरेर ९३ जना जनशक्तिको पदपूर्तिका लागि सूचना आह्वान भएको छ।

दरखास्त फाराम महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा प्रहरीका क्षेत्रीय र अञ्चल कार्यालयमा बुझाउन सकिनेछ। नयाँ भर्नासम्बन्धी सूचना म‌ंगलबारको राष्ट्रिय दैनिक गोरखापत्र तथा नेपाल प्रहरीको वेब साईटबाट लिन सकिने छ ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!