नेपाल प्रहरीले माग्यो थप १९ हजार दरबन्दी

मा प्रकाशित


काठमाडौं, १० भदौ । प्रहरीलाई संघीय संरचनामा लैजानुअघि १९ हजार ३ सय ६१ दरबन्दी थप्नुपर्ने नेपाल प्रहरीले प्रस्ताव गरेको छ।

संघीयतामा जाँदा धेरै प्रहरी चाहिने भएङ्काले नेपाल प्रहरीले संगठन तथा व्यवस्थापन सर्वेक्षण मार्फत दरबन्दी थपको प्रक्रिया अघि बढाएको प्रहरी प्रवक्ता डीआईजी पुश्कर कार्कीले जानकारी दिए। कानुन बन्नुअघि नै नेपाल प्रहरी संघीय संरचनामा गइसकेको छ। सरकारले प्रहरी नियमावली संशोधन गरी सातवटै प्रदेशमा एआईजीलाई खटाइसकेको छ। क्षेत्रीय प्रहरी कार्यालयकै स्वरुपमा संक्रमणकालीन अवस्थामा एआईजइलाई खटाइएको डीआईजी कार्कीले बताए। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ।

यस्तै साविकको अञ्चल प्रहरी कार्यालयलाई संघीय प्रहरी एकाइमा रुपान्तरण गरिएको छ। अहिलेको संक्रमणकालीन अवस्थामा संघीय प्रहरी कार्यालयका प्रमुखले दुई जना एआईजीलाई रिपोर्टिङ गर्ने प्रावधान राखिएको छ’ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा डीआईजी कार्कीले भने, ‘संघीय प्रहरी ऐन जारी नहुँदासम्म पुरानै नियमावलीअनुसार उहाँहरुले काम गर्नुहुनेछ।’ ३१ साउनको मन्त्रिपरिषद निर्णयले प्रहरी नियमावली संशोधन गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

सरुवा भएको एक सातासम्म पनि प्रदेशमा खटाइएका एआईजीहरु गएका छैनन्। ५ प्रदेशमा क्षेत्रीय प्रहरी कार्यालय रहेकै कार्यालयलाई प्रदेश प्रहरीको कार्यालयमा रुपान्तरण गर्न लागिएको छ। तर २ नम्बर र ५ नम्बर प्रदेशमा भने अञ्चल प्रहरी कार्यालयमा प्रदेश प्रहरीको कार्यालय राख्न लागिएको छ। कहाँ राख्ने भन्ने तय भने भएको छैद्द। उच्च अदालत रहेको शहरमा प्रदेश प्रहरीको कार्यालय राखिने भनिए पनि दुबै प्रदेशमा २/२ वटा उच्च अदालत छन्। यस विषयमा गृहकार्य गरिरहेको डीआईजी कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!