तीज, व्रत र वैदिक मान्यता : सनसाइन क्याफेमा मुगालीको तीज

मा प्रकाशित


नन्द ऋषि जैसी,
काठमाण्डौँ, ६ भाद्र ।

हिन्दु महिलाहरुको लागी मौलीक पर्व हो हरितालीका तिज । विगत केही दिन अगाडी देखि महिलाहरुले श्रृगार गरेर रंगिचंगी छ शरह बजार, गाउँघर तथा टेलिभिजनका पर्दामा सजिलै देख्न सकिन्छ तीजको रौनक । खेतीपातीको काम सकायपछि तीजमान्न हिडेका मैतालु खुशिर आनन्द लिन माइति पुगेर मिठो मसिनो बनाई वरिपरिका इस्ट मित्र जम्मा भएर आन्नदपुर्वक तीजको दर खायपछि आफ्नो घर फर्कने चलन छ नेपालमा ।

यस्तै माइति पोइली छोडेर काठमाण्डौँ सहरमा बस्ने निरिह मुगुका महिलाहरुको लागी नेपाली काँग्रेस मुगुका सभापती खडकबहादुर शाही यो वर्षको माइती बन्नु भएको छ । माइती छैन कसकोमा जाने दर खान भनेर निरास भएकी मुगाली महिलाहरुका लागी सभापति शाहीले मुगाली महिला दिदि बहिनीहरुको लागी सनराइज क्याफेमा तीज कार्यक्रमको आयोजना गरेर मुहारमा खुशि ल्याउनु भएको छ ।

सभापती शाहीलाइ अविभागत्व पाएको महसुस गरेका छन मुगाली महिला दिदीबहिनीहरुले । तीज विषेस कार्यक्रममा बोल्दै समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्टले मुगाली दिदी वहीनीहरुलाइ समाबेस गरेर काठमाण्डौँमा भएको ऐतिहासीक तथा पहिलो तीज कार्यक्रमले उत्तरी र दक्षिणी सम्प्रदायको सदभावमा अझै प्रगढ बनाउनेमा विस्वास व्यक्त गर्नु भएको थियो ।

त्यसै गरी मुगु नेपाली काँग्रेसका अभिभावक तथा कार्यक्रमका प्रमुख अतिथी हस्तबहादुर मल्ल ज्युले तीज त्रिकोणत्मक पर्व भएकाले धर्म, आपसी सम्बन्ध र शिक्षा को सन्देश दिएको हुन्छ उहाँले भन्नु भयो भात भन्दा बाद मिठो तीज पर्वको अझ बढी महत्वको सन्देश हो ।

कार्यक्रममा मुगु बाट प्रत्यक्ष निर्वाचित माननिय सभासद मोहन बाँनियाँ ज्यूले उपस्थीत महिलाहरुलाइ एकताको संदेश दिने तीज पर्वलाइ फेसनको लागी होइन संस्कारको रुपमा बुझ्न आवश्यक रहेको भन्दै आफ्नो कला र संस्कारबाट कहिलै पनि विचलीत नहुन आग्रह गर्नुभयो ।

आयोजक खडक बहादुर शाहीले आगामी दिनहरुमा पनि यसरी कार्यक्रम गर्दै जाने र यसरी नै उल्लेखनीय सहभागीता जनाइदिनुहुन अपिल गर्दै उपस्थित हुनुहुने सबैलाइ धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा गाइका तथा नेता कोमल वलीले बाँजो खेतमा छड्के सलाम बोलेको गीतले उपस्थीत सबैलाइ नचाउनु भयो त्यस्तै देउडा गाएक प्रभुराज पाण्डेले देउडा गितमा नचाउनु भएको थियो । त्यस्तै नेता दोय छिरिङ क्याप्ने लामा, उव्जन ब. शाही, खगेन्द्र मल्ल, रतन ब. शाही लगाएतका नेताहरुको उपस्थीती रहेको थियो ।

उक्त कार्यक्रमा युवा नेता धर्मराज शाहीले काठमाण्डौँमा तीजको दिन मात्र होइन मुगुको सर्वाङगीक विकासका लागी यसरी नै सर्वसाधारण देखी नेताहरुको सहकार्य र मेलमिलापहुन जरुरी भएकोले आगामी दिनमा सबै नेता एक ठाँउमा उभिन अनुरोध गर्न भएको थियो ।

नेता छिरिङ क्याप्ने लामाले भाषा मात्र फरक हो बौद्ध धर्म र हिन्दु धर्मको संस्कार एउटै हुने भएकोले सबैले उल्लास पूर्वक तीज कार्यक्रम मनाउन बौद्ध धर्मालम्बी दिदिबहिनीहरुलाइ आग्रह गर्नुृ भयो ।

प्रतिक्रिया दिनुहोस्... (कृपया शिष्ट भाषा प्रयोग गर्नुहोला)

error: Content is protected !!